arrow

भैलो खेलेका दाङ तुलसीपुरका पत्रकारले गरे,धर्मशालालाई ४० हजारको सहयोग

logo
प्रकाशित २०७३ कार्तिक २० शनिबार
patrakar-sahayog.jpeg
तुलसीपुर । दाङ तुलसीपुरमा क्रियाशील पत्रकारहरुले भैलोबाट संकलित रकम सामाजिक कार्यमा प्रयोग गरेका छन् । सामाजिक कार्यको पहिलो चरणमा उनिहरुले तुलसीपुरको त्रिशेद्धेश्वरी धर्मशालामा ४० हजार रुपैंया बराबरको आठवटा बेडका सेट हस्तान्तरण गरे  । 
 
भैलो टोलीका संयोजक सुरेस श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नेकपा एमालेकी सांसद अनारकली मियाँ,बिशिष्ट अतिथी प्रजातान्त्रिक उद्योग व्यापार संघका अध्यक्ष जनक खराल र अतिथि इप्रका तुलसीपुरका प्रमुख डीएसपी लोकनाथ तिम्सिनाले धर्मशालाका अध्यक्ष देवराज धिताललाई आठवटा बलाङ्केट,आठवटा डसना,आठवटा तन्ना र आठवटा सिरानी हस्तान्तरण गरे।
 
 कार्यक्रममा बोल्दै प्रमुख अतिथि सांसद मियाँले पत्रकारहरुले भैलो खेलेर संकलन गरेको रकम सामाजिक कार्यमा खर्च गरेकोमा खुसी व्यक्त गरे । उनले परम्परा र संस्केतीलाई जोगाउँदै भैलो खेलेर संकलन भएको रकम सबैले सामाजिक कार्यमा लगाउने बताए । सांसद मियाँले संबिधान कार्यान्वयनमा राजनीतिक दलहरुलाई दवाव दिन समेत पत्रकारहरुलाई आग्रह गरे। 
 
बिशिष्ट अतिथी प्रजातान्त्रिक उद्योग व्यापार संघका अध्यक्ष खरालले सधै समाचार लेखेर जनतालाई सुसुचित बनाउने पत्रकारले  संस्कृत जोगाउन भैलो खेलेर संकलन गरेको रकम सामाजिक कार्यमा लगाएर उदारहणीय काम गरेको बताए । त्यसैगरी डीएसपी तिम्सिनाले पत्रकारहरुले धर्मशालालाई सहयोग गरेर सामाजिक रुपमा आफ्नो दायित्व पुरा गरेको बताए । भैलो टोलीका सदस्य गणेश आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण गोपाल शर्मा भट्टराईले गरेका थिए । 
 
२० हजार रुपैंया पत्रकार राहात कोषमा जम्मा गरिने
यसैबिच,धर्मशालालाई सहयोग गरेर बचेको २० हजार रुपैंया नेपाल पत्रकार महासंघ दाङ शाखाले स्थापना गरेको पत्रकार राहात कोषमा जम्मा गर्ने भैलो टोलीले जनाएको छ । टोली संयोजक श्रेष्ठले बचेको २० हजार रुपैंया महासंघको राहात कोषमा जम्मा गर्ने जानकारी दिए ।
 
 उनले भोली दिउँसो २ बजे घोराहीस्थित महासंघको कार्यालयमा अध्यक्ष सुदिप गौतमलाई उक्त रकम हस्तान्तरण गर्ने कार्याक्रम रहेकाले सबै पत्रकारलाई सहभागी हुन आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ