arrow

देश बनाउने ठूलो सपना भूकम्प र सीमा अवरोधले ध्वस्तः प्रधानमन्त्री ओली

logo
प्रकाशित २०७२ मंसिर २७ आइतबार
Report.JPG.jpeg
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने आफ्नो ठूलो सपना भए पनि भूकम्प र सीमा क्षेत्रमा भएको अवरोधका कारण ध्वस्त बनाएको भनी चिन्ता व्यक्त गर्दै यसले मुलुकलाई खर्बौँको क्षति मात्र पुगेको नभई सामाजिक क्षेत्रमा गहिरो असर पु¥याएकाले यसबाट पार पाउन लामो समय लाग्ने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार प्रतिष्ठानको वार्षिक प्रतिवेदन (आव २०७१।७२) बुझ्दै उनले आफ्नो चिन्ता व्यक्त गरेका हुन् । प्रधानमन्त्री ओलाीले प्रतिष्ठानले नेपाली समाजलाई रुपान्तरण गरी विचार प्रवाह गर्न महत्वपूर्ण भूमिका खेल्नुपर्ने भन्दै यसप्रति सम्पूर्ण देशवासीको अपेक्षा रहेको बताए । उनले प्रतिष्ठानको भौतिक पूर्वाधार विकास, क्षमता अभिवृद्धि र जनतासँगको सम्बन्धलाई प्रभावकारी बनाउँदै बौद्धिक विचारलाई समाज रुपान्तरणमा परिणत गर्न सके मात्र यसको सान्दर्भिकता हुने उल्लेख गरे । 

“यो प्राज्ञिक निकायलाई सबै नेपालीको अपनत्व अनुभूत हुने गरी आफ्नो भूमिका र दायरालाई प्रभावकारी बनाएर लैजानुस्,”–प्रधानमन्त्रीले भने । 

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले भौतिक पूर्वाधार, बजेट तथा जनशक्तिको अभावले प्रतिष्ठानको भूमिकालाई अझ प्रभावकारी बनाउन नसकिएको बताउँदै यसलाई आत्मनिर्भर बनाउन प्रतिष्ठानका विभिन्न ठाउँका जग्गालाई भाडामा दिएर आम्दानी गर्ने व्यावसायिक योजना तथा ऐतिहासिक सङ्ग्रहालय र पुस्तकालय बनाउने लक्ष्य प्रधानमन्त्रीसमक्ष राखेका थिए ।

अघिल्लो आवमा १६ वटा कृति प्रकाशन र ६० वटा अभिमुखीकरण कार्यक्रम गरिएको छ ।  प्रतिष्ठानको केन्द्रीय कार्यालयले करिब ४९ आना ओगटेकामा हालको भवन करिब २५ आना जग्गामा छ, सोबाहेक उत्तरतर्फको आठ आना जग्गा व्यावसायिक प्रयोजनका लागि भाडामा दिने योजना रहेको प्रतिष्ठानले जनाएको छ । 

प्रतिष्ठानले सरकारबाट अहिले वार्षिक रु आठ करोड तीन लाख बजेट पाइरहेकामा अपुग भएकाले करिब रु २० करोड पु¥याउन आग्रह गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ