arrow

आर्थिक पत्रकार सञ्जय न्यौपानेको निधन

logo
प्रकाशित २०७३ कार्तिक २० शनिबार
sanjay-neupane.jpeg
काठमाडौं। नेपाल आर्थिक पत्रकार समाजका पूर्व उपाध्यक्ष तथा  कारोबार दैनिकका पूर्व सम्पादक सञ्जय न्यौपानेको उपचारको क्रममा शनिवार ललितपुर क्यान्सर अस्पतालमा निधन भएको छ।
 
न्यौपाने गत वर्षदेखि एनाप्लास्टिक एस्ट्रोसिटोमा नामको स्नायु प्रणाली सम्बन्धी रोगबाट पीडित थिए। उनको शनिबार बेलुकी सवा ७ बजे  निधन भएको हो। 
 
उनको विगत एक बर्षदेखि भारतको हरियाणास्थित मेदान्त अस्पतालमा उपचार भइरहेको थियो। मेदान्तमा स्वास्थ्यमा सुधार देखिएपछि उनलाई नेपाल ल्याइएको थियो। स्वास्थ्यमा पुन: समस्या देखिएपछि उनलाई नेपाल क्यान्सर अस्पताल ललितपुरमा भर्ना गरिएको थियो। न्यौपानेको शनिबार राति नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारिक स्रोतले जनाएको छ।
 
४४ वर्षीय न्यौपाने दुई दशकदेखि आर्थिक पत्रकारितामा क्रियाशील थिए। उनको श्रीमती एक छोरा र एक छोरी छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ