नेगेरी । मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबलको पहिलो खेलमा नेपालले टिमोर लेस्टेसंग गोलरहित बराबरीमा चित्त बुझाएको छ ।
नेगरी रंगशालामा भएको खेलमा नेपाली खेलाडीले गरेका प्रहार कहिले पोलमा ठोकिएर फर्किने तथा कहिले प्रहार फितलो हुने गर्दा बिना गोल नै चित्त बुझाउनु परेको हो ।
यो खेलमा जितमात्र हासिल गरेको भए नेपाल एक खेल खेल्न बाँकी छँदे सेमिफाइनलमा पुग्ने थियो ।
शनिबारको खेल बराबरीमा सकिएपछि अब मंगलबार बु्रनाइविरुद्ध हुने खेल निर्णायक बन्नेछ । बु्नाइ भने टिमोर लेस्टेलाई ४–० ले हराउँदै सेमिफाइनलमा पुगिसकेको छ ।
नेपालले मंगलबारको खेलमा चार गोलको अन्तरभन्दा कमले हारे पनि सेमिफाइनलमा ठाउँ बनाउने छ ।
तीन टोली सहभागी समूह ए बाट ब्रुनाइ सेमिफाइनलमा पुगिसकेको छ ।