arrow

इङलिश प्रिमियर लिग फुटबलमा चेल्सीको फड्को, शीर्ष स्थानमा

logo
प्रकाशित २०७३ कार्तिक २१ आइतबार
chelsea.jpeg
लण्डन । इङलिश प्रिमियर लिग फुटबलमा चेल्सीले शानदार प्रदर्शन गरेको छ । चेल्सीले एभर्टनलाई ५–० को विशाल अन्तरले पराजित गर्दै तीन अंकमात्र बटुलेन लिग तालिकाको शीर्ष स्थानमै उक्लिएको छ । 
 
Chelsea manager Antonio Conte celebrates on the touchline as his side take the lead in the Premier League clash
 
घरेलु मैदानमा खेलेको चेल्सीलाई शनिबार राति विजयी गराउन एडन हजार्डले दुई तथा मार्कोस अलन्सो, डिएगो कोस्टा र पेड्रोले एक एक गोल गरे । 
 
Hazard strikes the ball into the net to open the scoring for Chelsea against Everton in the 19th minute
 
यो जितसंगै एन्टोनियो कोन्टेको टिमले यसपटक प्रिमियर लिगको उपाधिसमेत जित्ने अनुमान गर्न थालिएको छ । 
 
Marcos Alonso makes no mistake to double Chelsea's lead just 70 seconds after the opening goal to stun the visitors
 
चेल्सीको ११ खेलबाट २५ अंक भएको छ । अधिकांश समय शीर्ष स्थानमा रहेको म्यानचेष्टर सिटीको ११ खेलबाट २४ अंक भएको छ । 
 
Alonso (centre) wheels away with Diego Costa to celebrate a 2-0 lead as Everton's players show their dejection
 
म्यानचेष्टर सिटीले शनिबार नै भएको खेलमा मिडिल्स्रोसंग १–१ गोलको बराबरी खेल्यो । 
 
Hazard fires a shot towards goal as the Chelsea man scores his second goal of the night at Stamford Bridge
 
शनिबारका अन्य खेलमा सन्डरल्याण्डले बर्नमाउथलाई २–१ ले, बर्ननीले क्रिष्टललाई ३–२ ले पराजित गर्दा वेष्टह्याम र स्टोक सिटीले १–१ गोलको बराबरी खेले । 
 



नयाँ