arrow

लगानी आकर्षण तथा कृषि प्रबर्द्धनकोलागि फिक्कीद्वारा विशेष मेला आयोजना

logo
प्रकाशित २०७३ कार्तिक २१ आइतबार
FICCI1.jpeg
काठमाडौ । भारतको जयपुरमा यहीँ नोभेम्बर ९ गतेदेखि तीन दिनसम्म ‘ग्राम २०१६’ कृषि मेला आयोजना हुने भएको छ । ग्राम २०१६ ले कृषक समुदायलाई प्राविधिक विकाससँगै विश्वव्यापी अभ्यास र राज्यदेखि विश्वभरका कृषि व्यवसायीहरुकाे समुदायमा लगानीकाे अवसर रहेको देखाइदिने बतार्इएकाे छ । सो मेला राजस्थान सरकार र भारत उद्योग वाणिज्य महासंघले संयुक्त रुपमा आयोजना गर्न लागेकाे महास‌ंघद्वारा जारी विज्ञप्तीमा भनिएकाे छ । 
 
मेलामा ५० हजार कृषकको सहभागिता रहने आयोजकले दाबी गरेको छ । मेलाको नोभेम्बर ९ मा हुने उद्घाटन समारोहमा, प्रमुख अतिथि कृषि संगठन मन्त्री राधा मोहन सिंह हुनेछन् । मेलामा योग गुरु रामदेब पनि उपस्थित हुनेछ ।  
 
मेलाको मुख्य उद्येश्य कृषि क्षेत्रको दिगो विकास गर्दै कृषकको आर्थिक सशक्तिकरण गर्नुहो । कृषकसँगै कार्यक्रमले राजस्थानको कृषि मौसमको अवस्थालाई अनुकुल हुने किसिमका विश्वव्यापी राम्रो अभ्यास र प्रविधिबारे जानकारी पनि दिनेछ । सो मेला लगानीकर्ता, उत्पादनकर्ता र खोजकर्ताको लागि समेत एउटा महत्वपूर्ण मञ्च हुने आयोजकको विश्वास छ । 
 
मेला कृषक सशक्तिकरण, कृषिमा नयाँ कुरा ल्याउने, बजारलाई मजबुद बनाउने, प्रविधि सार्ने, अन्तर्राष्ट्रिय लगानी, व्यावसाय अवसर र कृषिसम्बन्धि खोज गर्न प्रोत्साहन गर्नेबारे केन्द्रित रहनेछ ।  
 
जडिबुटी र औषधि योजनालाई प्रोत्साहन गर्न मेलामा अर्गानिक कृषिको विशेष पभेलियन हुनेछ । ग्राममा अस्ट्रेलिया, नेदरल्यान्डस् र इजरायलबाट प्रतिनिधिहरु सहभागी हुनेछन् । मेलाको अर्को उद्येश्य भनेको कृषि क्षेत्रमा अब्बल रहेका मुलुकहरुले कृषिमा प्रयोग गरेको आधुनिक र उच्च प्रविधिबारे जानकारी लिनु हो । 
 
पत्रकार सम्मेलनमा बोल्दै राजस्थानका कृषि मन्त्री प्रभुलाल सैनीले कृषकको आम्दानी सन् २०२२ सम्मा दोब्बर बगाउने सरकारको लक्ष्य रहेको बताए । त्यसका लागि राज्य सरकारले सुब्यवस्थित ढंगबाट उच्च मूल्यको बाली उत्पादनका लागि कृषकलाई सहयोग पुग्ने विभिन्न कदम सुरु गरेको मन्त्री सैनीले जनाए । उनले आफ्नो कदमले कृषकको आम्दामी बढाउनेमा आफु विश्वस्त रहेको पनि प्रष्ट पारे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ