arrow

गणतन्त्र भएकै कारणले प्रश्न गर्न पाइएको हो - गगन थापा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १० आइतबार
gagan-gulmi.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गणतन्त्र भएकै कारणले प्रश्न गर्न पाइएको बताएका छन् । 

आइतबार कांग्रेस गुल्मीको बृहत् आमसभालाई सम्बोधन गर्दै महामन्त्री थापाले गणतन्त्रका विषयमा उठिरहेको प्रश्न मुलुकमा गणतन्त्र भएकै कारणले सम्भव भएको बताए ।

 उनले भने,' अहिले देशमा विभिन्न बहनामा गणतन्त्रमाथि प्रश्न उठिरहेको छ । गणतन्त्र भएकै कारणले प्रश्न गर्न पाइएको हो, यदि राजतन्त्र भएको भए यसप्रकारको विरोध सुन्न पाइने थिएन ।'

नेतामाथि गाली गर्न, चित्त नबुझेको कुरामा प्रतिकार गर्न, व्यवस्था ठीक भएन भन्न र व्यवस्था बदल्छु भन्न पनि गणतन्त्र भएकाले नै सम्भव भएको उनको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ