arrow

दुई महिनादेखि भारतीय अवरोधले कोलकत्ता बन्दर्गाहमा दुईहजार भन्दा बढी गाडी रोकिए

logo
प्रकाशित २०७३ कार्तिक २१ आइतबार
truck-Photo.jpeg
काठमाडौं । भारतीय अवरोधका कारण कोलकत्ता बन्दर्गाहबाट नेपाल सामान बोकेर आउने सवारी साधन दुई महिनादेखि ठप्प रहेको छ । भारतीय पक्षको अवरोधकाकारण दशैं भन्दा अगाडिदेखि नै बन्दर्गाहमा हजारौ मालबाहक सवारी साधन अलपत्र रहेका छन् । 
 
कोलकत्ता बन्दर्गाह नेपालमा तेस्रोदेश र भारतीय भूमीहुँदै नेपाल आउने सबैभन्दा ठूलो बन्दर्गाह हो । यहाँबाट भारतीय ट्राफिकप्रहरीले अवरोध गरेका कारण हजारौं मालबाहक सवारीसाधन अलपत्र परेको उद्योगी प्रदीपकुमार केडीयाले जानकारी दिए । बीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका केडियाका अनुसार दशैंभन्दा अगाडिदेखी भारतीय ट्राफिक प्रहरीले विहान ८ बजेदेखि साँझ ८ बजेसम्मको लागि बजारमा मालबाहक सवारी चलाउन प्रतिबन्ध लगाएपछि दिनप्रतिदिन सवारीकोृ अस्तव्यस्तता समेत बढ्दै गएको छ । ‘यही अवस्था हो भने धान्न सक्ने अवस्था नै रहँदैन’ केडीयाले हाम्राकुरासँग भने ‘सरकारले यतिका समयसम्म पनि  यस विषयमा चासो नदिनु कतिसम्मको गैरजिम्मेवारीपन हो ?’
 
किन भयो अवरोध ?
 
भारतीय ट्राफिक प्रहरीले दुई महिना अगाडी नै एउटा नोटिस जारी ग¥यो र भन्यो कि विहान ८ बजे भन्दा पछि साँझ ८ बजेसम्म मालबाहक सवारी साधन प्रवेश गराउन पाईने छैन । यसो गर्दा सामान बोकेर आउने सवारीसाधनहरु उनीहरूले तोकेको समयमा मात्रै आउँदा तोकिएको मात्रामा सामान आउन सकेनन् र त्यहाँ सवारी साधनको चाप बढीरहेको छ ।
 
अध्यक्ष केडियाका अनुसार अहिले कन्टेनर सीधै नेपाल आउने खालका १ हजार भन्दा बढी र एक हजार भन्दा बढी रेलको माध्यमबाट आउने गरी दुईहजार भन्दा बढी कन्टेनरहरू अलपत्रपरेको जानकारी दिए । 
 
बन्दर्गाह व्यवस्थापनको ठेक्का लिएको नेपाल फ्रेड फरवार एशोसिएसनका अध्यक्ष नरेश अग्रवालले यस विषयमा नेपाली र भारतीय पक्षबीच व्यापक छलफल भईरहेको स्पष्ट पारे । उनले नेपालबाट महावाणिज्यदूत बनेर गएका एकनारायण अर्यालले पनि दुईपक्षीयमा घनिभूत छलफल गरिरहेको बताएका छन् ।  
 
केडियाका अनुसार यो व्यवस्थाले नेपाललाई भन्दा बढी भारतलाई समस्या सिर्जना भएपछि भारतीय व्यापारीहरू पनि यसको समाधानको लागि पहलगर्न सक्रिय रहेका छन् । उक्त बन्दर्गाहबाट नेपालकोलागि भन्दा पनि बढी भारतको लागि व्यापार हुने गरेको छ । त्यसैले गर्दा पनि भारतीय व्यापारीहरूको दबाबमा अहिले दिउँ १२ बजेदेखिँ साँझ ४ बजेसम्मको लागि मात्रै मालबाहक सवारी बन्द गर्ने व्यवस्था गरिएको केडियाले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ