arrow

मुगु एमालेमा किचलो : २५० प्रतिनिधिले आफ्नो पक्षमा दस्तखत गरेको रावल पक्षको दाबी

अध्यक्ष मण्डलले एक पक्षीय निर्णय गर्न खोजेको आरोप 

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०८० मंसिर १५ शुक्रबार
uml-mugu.jpg

मुगु । नेकपा एमाले मुगुको नवौँ जिल्ला अधिवेशनको नेतृत्व छनौटमा अध्यक्ष मण्डलले एक पक्षीय निर्णय गर्न खोजेको आरोप लागेको छ । 

निर्वाचन कमिटीले आफ्नो सम्पूर्ण कार्यतालिका सार्वजनिक गरी नेतृत्व छनौट प्रक्रियामा लैजान सुरुवाती गर्दा गर्दै अध्यक्ष मण्डलले निर्वाचन प्रक्रिया रोक्न लगाई एक पक्षीय नेतृत्व अध्यक्ष मण्डलले घोषणा गर्न खोजेको आरोप अध्यक्ष पदका उम्मेदवार डम्बर रावल पक्षले लगाएका हुन् ।

९ गते नेकपा एमालेका महासचिव शङ्कर पोख्रेलले उद्घाटन गरेको नवौँ जिल्ला अधिवेशन ६ दिन पुग्दा समेत अध्यक्ष मण्डलका अध्यक्ष मोहन बानियाका कारण एक पक्षीय नेतृत्व चयन गर्न खोज्दा अधिवेशनमा किचलो भएको हो । मोहन बानिया जुम्ला जिल्लाको इन्चार्ज हुन ।

उनले आफ्नो पक्षमा नेतृत्व ल्याउन खोजेकै कारण निर्वाचन हुन सकेको छैन । उक्त अध्यक्ष मण्डलमा मोहन बानिया अध्यक्ष मण्डलबाट बाहिरिएर एमाले कर्णाली प्रदेशका अध्यक्ष गुलाब जङ्ग शाहले अध्यक्ष मण्डलको नेतृत्व गरेका छन् । शाहले समेत निर्वाचन प्रक्रियालाई रोकेर एक पक्षीय निर्णय गर्न लगाएको रावल पक्षका कार्यकर्ता र अधिवेशन प्रतिनिधिहरूले आरोप लगाएका छन् ।

हिजै मतदान कार्यतालिका निर्वाचन मण्डलले सार्वजनिक गरेको भएपनी सम्पूर्ण प्रक्रियालाई रोकेर अध्यक्ष मण्डलले एक पक्षीय निर्णय गरी आफुले तोकेको पूर्ण रोकायाको नेतृत्वलाई निर्वाचन प्रक्रिया मै नगई घोषणा गर्न खोजेको आरोप लगाएको रावल पक्षले अध्यक्ष मण्डल बसिरहेको रारा बोडिङ्ग स्कुलमा निर्वाचन प्रक्रिया अगाडि बढाउन माग गर्दै नाराबाजी गरेका थिए ।

अध्यक्ष मण्डलले निर्वाचन नगरेर सहमति कै आधारमा प्रक्रिया अगाडि लिन पहल गरेको भन्दै निर्वाचन अगाडि बढाउन नखोजेको भन्दै कुल ३ सय ७४ अधिवेशन प्रतिनिधिको मध्य २ सय ५० जनाले डम्बर रावल नेतृत्वको टिमको पक्षमा भएको भन्दै हस्ताक्षर सहित निर्वाचन मण्डल र निर्वाचन कमिटीलाई बुझाउन खोज्दा समेत अध्यक्ष मण्डलले बेवास्ता गरेको डम्बर रावल पक्षका अधिवेशन प्रतिनिधि हरिचन्द्र शाहीले बताए ।

कमिटीका अन्य सदस्यहरुमा केही सहमति भई आएकाले अध्यक्ष लगायत अन्य पदाधिकारीमा पनि सहमतिका आधारमा छलफल गर्न खोजिएको मात्र हो । एमालेका स्थानीय नेताहरूसँग छलफल गरेर प्रक्रियागत रूपले अगाडि जाने एमाले मुगु इन्चार्ज राजबहादुर बुढाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ