arrow

कांग्रेससंग के खोज्दैछ मोर्चा ?

logo
प्रकाशित २०७२ मंसिर २७ आइतबार
morcha-@-GP-koirala.jpg.jpeg
काठमाडौं । अवरुद्ध संसद् खुलाउने सन्दर्भमा प्रमुख विपक्षी दल काँग्रेस र मधेसी मोर्चाबीचको वार्ता निष्कर्षविहिन भएको छ । सिंहदरबारस्थित संघीय समाजवादी फोरम नेपालको संसदीय दलको कार्यालयमा भएको वार्तामा काँग्रेसले संसदमा दर्ता भएका दुवै विधेयकलाई सहयोग गर्न आग्रह गरेकामा मोर्चाले अस्वीकार गरेको हो ।
 
मोर्चा कांगेसले पेश गरेको विधेयकमा भएका १६ कलष्टरलाई घटाउनुपर्ने पक्षमा छन् । उसले संशोधन विधेयक प्रर्याप्त नभएको भन्दै सच्याएर पेश गर्न माग गरेको छ । वार्तापछि नेपाली काँग्रेस नेता आनन्दप्रसाद ढुङ्गानाले मोर्चालाई संविधान संशोधन विधेयकमा नमिलेका विषय थपघट गर्न सकिने भएकाले सहयोग गर्न आग्रह गरिएकोमा मोर्चाले फेरि प्याकेजमै सहमति खोज्नुपर्ने अडान लिएपछि कुरा नमिलेको बताए ।  
 
वार्तामा काँगे्रस उप–सभापति रामचन्द्र पौडेल, प्रमुख सचेतक चिनकाजी श्रेष्ठ र नेता ढुङ्गाना सहभागी सहभागी थिए । मोर्चाका तर्फबाट उपेन्द्र यादव, महन्थ ठाकुर र महेन्द्रराय यादव सहभागी थिए । फाइल:तस्वीर
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ