arrow

"अनेसास जापानको आयोजनामा कविता प्रतियोगिता सम्पन्न"

logo
संगिता कुवँर।
प्रकाशित २०७३ कार्तिक २२ सोमबार
anesas-japan.jpeg
जापान। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानको साहित्यिक कार्यक्रम अन्तर्गत लक्ष्मी जयन्ती, अनेसास जापान सिटी मनी साहित्य पुरस्कार वितरण साथै ३८औं साहित्यिक शृङ्खला जापानको टोकीयोमा सम्पन्न भएको छ ।
 
साहित्यलाई माया गर्ने जापानमा रहेकाहरुको प्रतिभा उजागर गर्न सकियोस भन्ने उद्देश्यले प्रतिस्प्रर्धात्मक कविता प्रतियोगिताको आयोजना गरिएको हो । करिब ३७ जना सहभागी जापानव्यापी खुला कबिता प्रतियोगितामा उत्कृष्ट तीन कवि रविन शर्मा, दिप पाठक र विमान किरातीलाई पुरस्कार वितरण गरीएको छ । साथै सहभागी ३७ जना स्रष्टाहरूलाई मायाको चिनो वितरण गरिएको थियो। व्यस्तता भित्र पनि साहित्यलाई माया गर्नेहरुको राम्रो उपस्थीति रहेको कार्यक्रममा गहकीला, राष्ट्रप्रेमले ओतप्रोत र शालीन रचनाले मुराहल टोकियो काव्यमय बनेको थियो । 
 
यसै अवसरमा गतसाल जापानमा भयको चौथों अन्तराष्ट्रीय नेपाली साहित्य सम्मेलनमा विशेष सहयोग गर्ने सहयोग दाताहरूलाई केन्द्रीय उपाध्यक्ष प्रकाश पौडेल माईला र तत्कालीन अनेसास जापानका अध्यक्ष आलोक चालीसे मार्फत मायाको चिनो हस्तान्तरण गरिएको थियो । 
 
अनेसास जापानले हरेक तीन-तीन महिनामा आफ्नो साहित्य श्रृङखला गर्दै जापानमा रहेका स्रष्टा, सर्जकका भावनालाई प्रस्तुतीका रुपमा पस्किने गरेको छ । 
 
संस्थाका अध्यक्ष बिष्णु प्रसाद घिमीरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली राजदुतावास टोकीयोका कार्यवाहक राजदुत कृष्ण चन्द्र अर्यालको प्रमुख आतिथ्यता रहेको थियो । अनेसासका केन्द्रीय उपाध्यक्ष प्रकाश पौडेल माईला, विर हस्पिटल नेपालका कार्यकारी निर्देशक डा. भूपेन्द्र बस्नेत, एन.आर.एन.ए जापानका उपाध्यक्ष देवीलाल भण्डारीको बिशेष आथित्यता रहेको थियो । कार्यक्रम सरिता ढकालको स्वागत मन्तव्य तथा संस्थाका महासचिव दिप पाठकको संचालनमा सम्पन्न भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ