arrow

कमल थापा नेतृत्वको राप्रपा नेपालको बैठक मङ्सिर अन्तिममा

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १७ आइतबार
kamal-thapa-agenda.jpg

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समिति बैठक यही मङ्सिर २४ र २५ गते काठमाडौँमा बस्ने भएको छ । 

बैठकमा पार्टी अध्यक्ष कमल थापाले मुकुकको पछिल्लो राजनीतिक परिस्थिति, पार्टीको वैचारिक, साङ्गठनिक र रणनीतिक कार्यदिशाबारेमा राजनीतिक कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ । 

बैठकमा सचिवालय प्रमुख भाष्कर भद्राले सचिवालय, सङ्गठन विभाग प्रमुख राजाराम बर्तौलाले सङ्गठनसम्बन्धी र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदनसमेत प्रस्तुत गर्ने कार्यतालिका छ ।

यो प्रत्येक तीन–तीन महिनामा बस्ने नियमित बैठक भएकोसमेत महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । 

मङ्सिर २५ गते दिउँसो उपत्यकास्तरीय बृहत् कार्यकर्ता भेला गरी बैठक समापन हुने पार्टीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ