काठमाडौं। दक्षिण अफ्रिकाले पहिलो टेष्टमा अष्ट्रेलियालाई पराजित गर्दै तीन टेष्टको श्रृखंलामा १-०को बढत लिएको । अष्ट्रेलियाको पर्थमा भएको टेष्टमा अफ्रिका १७७ रनले बिजयी भएको हो।
टस जितेर पहिले ब्याटिङ गरेको अफ्रिका पहिलो पारीमा २४२ रनमा समेटिएको थियो। अफ्रिकाकाका क्विन्टन डे'ककले सार्वाधिक ८४ रनको योगदान दिएका थिए। अष्ट्रेलियाका मिचेल स्टार्कले ४ तथा जोस हेजलवुडले ३ विकेट लिएका थिए।
आफ्नो पहिलो पारीमा राम्रो शुरुवात गरेको अष्ट्रेलिया २४४ रनमा समेटिएको थियो। पहिलो विकेटकालागि १५८ रन जोडेको अष्ट्रेलियाालई सस्तैमा समेट्न वेरनन् फिलाण्डरले ४ विकेट तथा पहिलो टेष्ट खेलिरहकेा अफ्रिकी बलर केशव महाराजले ३ विकेट लिएका थिए। अष्टरेलियाले ८६ रनमा १० विकेट गुमाएको थियो।
दोस्रो पारीमा अफ्रिकाले राम्रो ब्याटिङको प्रदर्शन गर्दै ५४० रन जोडेको थियो। अफ्रिकाकाालगि डिन एलगरले १२७ रन बनाएका थिए भने जेपी डुमीनीले १४१ रनको योगदान दिएका थिए। त्यसैगरि क्विण्टन डे'ककले ६४ तथा वेरोन फिलाण्डरले ७३ रन बनाएका थिए। अष्ट्रेलियाकालागि हेजलवुड, पिटर सिडल र मिचेल मार्शले २-२ विकेट हात पारेका थिए।
आफ्नो दोस्रो पारीमा जितकालागि ५३९ रनको चुनऔती पाएको अष्ट्रेलिया ३६१ रनमा समेटिएको थियो। अफ्रिकाकालागि जितका हिरो बलर कागोस रबाडाले ५ विकेट लिएका थिए। अष्ट्रेलियाकालागि उसमान ख्वाजाले ९७ रन बनाएका थिए भने पिटर नेविल ६०ले नटआउट ६० रनको योगदान दिएका थिए।
खेलका प्लेयर अफ म्याच कागिसो रबाडा घोषित भएका थिए। उनले टेष्टमा कुल ७ विेकट लिएका थिए।