arrow

ठूलो परिमाणमा अफिम र चरेससहित पति–पत्नी पक्राउ

logo
सौरभ गिरी,
प्रकाशित २०८० मंसिर १७ आइतबार
drugs-opium-2080-08-17.jpg

नेपालगञ्ज । बाँकेको कोहलपुरबाट श्रीमान–श्रीमती ठूलो परिमाणमा लागुऔषधसहित पक्राउ परेका छन् ।  लागुऔषध कारोबार हुँदै गरेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कोहलपुरबाट गएको प्रहरी टोलीले कोहलपुर ८ पिपिरीबाट ४० वर्षीय रेवन्त राना र उनकी श्रीमती ३३ वर्षीया कविता थापालाई अफिम र चरेससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रहरीले शनिबार राति पौने ९ बजे उनीहरुको साथबाट बा ५ प ८२१५ नम्बर जीपसहित १२ किलो ७०४ ग्राम चरेश र २ किलो ११६ ग्राम अफिम बरामद गरेको हो।

बाँके प्रहरीका अनुसार पक्राउ परेका रेवन्त यसअघि पनि २०७१ चैत १९ गते जिल्ला प्रहरी बर्दियाबाट लागुऔषध कसुरमा पक्राउ परेका  थिए । त्यसैगरी उनै रेवन्तविरुद्ध बाँके प्रहरीले  २०७२ असोज २० गते सार्वजनिक अपराधमा मुद्दा दायर गरेको थियो।

विभिन्न मुद्दा र सार्वजनिक अपराधमा संलग्न रेवन्तलाई इलाका प्रहरी कोहलपुरले २०७३ असार ३ गते लागुऔषध मुद्दामा पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेका दम्पतीसँग लागूऔषध कसुर मुद्दामा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ। लागुऔषध नियन्त्रण ऐन अनुसार उनीहरुलाई  १४ देखि १५ वर्ष वा जन्मकैद र ५ लाखदेखि २५ लाख रुपैयाँसम्म जरिबाना हुन सक्ने प्रहरीले  जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ