arrow

उपकार बचत तथा ऋण सहकारीको साधारणसभा

logo
प्रकाशित २०७३ कार्तिक २२ सोमबार
upakar-bachatlogo.jpeg
स्याङजा।  उपकार बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २४ औं वार्षिक साधारणसभा आगामी मंसिर १० गर्ने भएको छ । साधारणसभा वालिङ खेल मैदानमा हुने संस्थाले जनाएको  छ । 
 
संस्थाले नियमित प्रदान गर्दै आएको बाल बचत तथा शैक्षिक पुरस्कार यस पटक पनि वितरण गर्ने भएको छ । बाल बचत पुरस्कारका लागि नर्सरी देखि कक्षा ९ सम्म सात सय बढी अङ्क ल्याई बार्षिक परिक्षा उतिर्ण गरेका बाल बचत कर्ता छात्र-छात्रा हुनुपर्नेछ । 
 
यस्तै शैक्षिक पुरस्कारका लागि २०७२ सालको एस.एल.सी. परिक्षामा ६ सय ५५ बढी अंक ल्याई उतिर्ण हुने शेयर सदस्यका छोरी,बुहारी र नातिनी हुनुपर्ने संस्थाले जनाएको छ । 
 
पुरस्कारका लागि मंसिर ८ गते भित्र संस्थाको सेवा केन्द्रहरु वालिङ, बायाँटारी, मिर्मी र दामाचौर मध्ये आफुलाई पायक पर्ने कुनै कार्यालयमा लब्धांक पत्र सहित आबेदन दिन सकिने संस्थाले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ