arrow

प्रधानमन्त्रीले तामाकोशी जलविद्युत् र कोशी लोकमार्ग हेर्ने

logo
प्रकाशित २०७३ कार्तिक २२ सोमबार
PM-g-news-aaja.jpeg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले तामाकोशी जलविद्युत् र कोशी लोकमार्गको स्थलगत अनुगमन गर्ने भएका छन् । राष्ट्रिय गौरवका आयोजनाको नियमित अनुगमन र निरीक्षण गरी समयमै आयोजना सम्पन्न गर्ने प्रधानमन्त्रीको पूर्व घोषणा बमोजिम मंगलबार प्रधानमन्त्रीले पूर्वी क्षेत्रका तीन आयोजनाहरुको स्थलगत निरीक्षण गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री दाहालले निर्माणाधीन चार सय ५६ मेघावाट क्षमताको  तामाकोशी जलविद्युत् आयोजना, तेह्रथुम बसन्तपुरदेखि नेपालको उत्तरी नाका जोड्ने एक ६२ किलोमिटर लामो उत्तर–दक्षिण कोशी लोकमार्ग र संखुवासभाको सडक निरीक्षण तथा सरकारी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

निरीक्षण एवं अनुगमनका क्रममा प्रधानमन्त्रीले आयोजनाहरुको प्रगतिको अवस्था, समस्या, चुनौती र सरकारको तर्फबाट गर्नु पर्ने सहयोगका बारेमा छलफल र विशेष निर्देशन गर्नु हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ