arrow

सासेक सञ्चालन योजना सार्वजनिक

logo
प्रकाशित २०७३ कार्तिक २२ सोमबार
काठमाडौँ । सरकारले एसियाली विकास बैंकको सहयोगमा दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग (सासेक)को नौवर्षे सञ्चालन योजना सार्वजनिक गरेको छ । 
 
सरकार र उक्त बैंकले कार्य सञ्चालनलाई सरोकारवाला पक्षसम्म पुर्‍याउने उद्देश्यले सोमबार यहाँ आयोजित राष्ट्रिय पराशर्म कार्यशालामा सो योजना सार्वजनिक गरेको हो । एडिबीका देशीय निर्देशक केनिची योकोयामा र अर्थमन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख बैकुन्ठ अर्यालले अक्त योजना सार्वजनिक गरेका थिए । 
 
देशीय निर्देशक योकोयामालेले प्रस्तुत योजनाले आयात, वाणिज्य व्यापार सहजीकरण र ऊर्जा क्षेत्रलाई उच्च प्राथमिकता दिएको बताए । 
 
महाशाखा प्रमुख एवम् अर्थ मन्त्रालयका सहसचिव अर्यालले सन् २०२२ सम्ममा अतिकम विकसित मुलुकको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने लक्ष्यका साथ सरकारले आर्थिक विकासका गतिविधिलाई उच्च महत्व दिएको बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ