arrow

“आईएमई हात हुँदैन खाली” योजनाका विजेतालाई उपहार प्रदान

logo
प्रकाशित २०७३ कार्तिक २२ सोमबार
ime-hatkhali.jpeg
काठमाडौं ।  रेमिटेन्स कम्पनी आईएमईले नेपालीहरुको महान पर्व विजया दशमीलाई लक्षित गरि “आईएमई हात हुँदैन खाली” योजना अन्तर्गत  सबै हप्ताका भाग्यशाली विजेताहरूलाई उपहार प्रदान गरेको छ । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा  प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, प्रमुख–बजार तथा व्यापार प्रवद्र्वन ड्यानिल दास श्रेष्ठ र ब्राण्ड एम्बासडर दीपकराज गिरीद्धारा संयुक्त रुपमा बिजेताहरूलाई उपहारस्वरूप चार थान युएम पावर म्याक्स स्कुटी प्रदान गरे ।
 
कन्ट्रोल नं. ९०६७९०८०१७, ७७७९७४२१३८७, ९०६७६४८६५६४ र १२३९०३९४३२५ मा क्रमश मलेसिया, कतार, मलेसिया र डेनमार्कबाट पैसा पठाउने आईएमई सेवाग्राहीहरु तिलक बहादुर श्रेष्ठ,सुरेन्द्रप्रसाद थारु, आङ्ग नर्बु शेर्पा र  सरोज श्रेष्ठ भाग्यशाली बनेका थिए । विजेताको सिफारिसमा लाल बहादुर श्रेष्ठ, भीम बहादुर चौधरी, भीमप्रसाद खड्का र हरि लक्ष्मी श्रेष्ठलाई क्रमशः प्रथम, दोस्रो, तेस्रो  र चौथो  हप्ताको लागि एक-एक थान युएम पावर म्याक्स स्कुटी प्रदान गरिएको छ ।
 
“आईएमई हात हुँदैन खाली” योजना आश्विन १ गते देखि आश्विन ३० सम्म  भएको थियो । योजनामा नेपाल भरका १ सय ४७ आईएमई सेन्टर लगायत  ५२०० भन्दा बढी रेमिटेन्स भुक्तानी काउण्टर र साझेदार बैंक तथा वित्तीय संस्थाहरुका सेवाग्राहीको सहभागी रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ