जवा । दक्षिण सुडानको राजधानीमा अवस्थित एक रेस्टुरेन्टमा इङ्गलिस प्रिमियर लिग फुटबल हेर्न जम्मा भएका खेलप्रेमीमाथि एक युवकले गोली चलाउँदा कम्तिमा १३ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
सुडानी प्रहरीका उपप्रवक्ता क्वासिजोक डोमिनिक एमोन्डकले एएफपीलाई बताएअनुसार शनिबार राति चेल्सी र एभर्टन फुटबल क्लबबीच भइरहेको खेल हेर्न बारमा युवाहरु जम्मा भएको ठाउँमा आफूलाई विना शुल्क प्रवेश नदिएको भन्दै उक्त युवकले आक्रमण गरेको बताइएको छ ।
उक्त युवकले आक्रमण गर्दा पूरै नशामा आएको प्रत्यक्षदर्शीले जनाएका छन् ।
घटनामा घाइते वानी प्याट्रिकका अनुसार ले भने, “फुटबल खेल पर्दामा हेरिरहेका मानिसमाथि एक्कासी गोली चल्यो ।
चलाइएको एक गोलीले मलाई पनि लाग्यो तर भाग्यबस उसको अर्को गोलीले मलाई लाग्नुभन्दा पहिले म जमिनमा ढले र केही मानिस ममाथि ढले । म उठ्दा आक्रमणकारीका हतियारमा गोली सकिएकाले मा भाग्न सफल भएँ ।”
उक्त होटलमा फुटबल हेर्नका लागि आधा डलर शुल्क लगाइएको थियो ।
आक्रमणपछि हत्यारा भाग्न सफल भएको र प्रहरीले उसको खोजी जारी राखेको सरकारका उपप्रवक्ता मल अकोल कोर्डिटले बताए ।
घटना खेदजनाक भएको भन्दै सरकारले आक्रमणको निन्दा गरेको छ । साथै भन्दै दोषीलाई कानुनी कठघरामा उभ्याउने प्रतिबद्धता सरकारले जनाएको छ ।
दक्षिण सुडानमा गत तीन वर्षयता चलेको गृहयुद्धका कारण राजधानीसहित देशका अन्य भागमा समेत सुरक्षा चुनौती थप बढेको छ ।
सन् २०१६ को जुलाईमा राष्ट्रपति साल्भा कीर र पूर्व उपराष्ट्रपति तथा प्रतिपक्षी दलका नेता रेइक मसारबीच मनमुटाव देखिएपछि भएको झडपमा करिब ४०० जना दक्षिण सुडानी नागरिकको मृत्यु भएको थियो ।