arrow

लेबनान–इजरेली सीमामा झडप जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २१ बिहिबार
lebnon-blast.jpg

काठमाडौँ । अक्टोबर ७ मा इजरेल–हमास द्वन्द्व शुरु भएदेखि लेबनानी–इजरेली सीमा इजरेल र लेबनानी सशस्त्र समूह हिजबुल्लाह बीच झडप जारी रहेको छ । 

हालैको द्वन्द्वमा, हिजबुल्लाहले धेरै इजरेली चौकीहरूलाई निशाना बनाएर आक्रमण् गरिरहेको छ । 

इजरेली सेनाले टायर हर्फा र अल–जिबैन लगायत दक्षिणी लेबनानका धेरै सीमाना शहरहरूमा आक्रमण गरेको छ । द्वन्द्वको बावजुद अल–जिबैनका गाउँलेहरू सोही स्थानमा बसिरहेका छन् ।

त्यस्तै एक किसानले आफूहरुसँग पशुधनहरु रहेकाले गाउँ छोड्न नसकेको बताए ।

हमास र इजरेल बीच एक हप्ता लामो युद्धविरामले यस क्षेत्रमा अस्थायी शान्ति ल्याएको थियो तर पुनः युद्ध शुरु भएपछि जनजीवन प्रभावित बनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ