arrow

पेट्रोल कालोबजारीमा संलग्न डिपो प्रमुख शर्मा पक्राउ

logo
प्रकाशित २०७२ मंसिर २७ आइतबार
sharma--F-.jpg.jpeg
काठमाडौं । पेट्रोलियम पदार्थको कालोबजारीमा संलग्न रहेको भन्दै नेपाल अइल निगमका थानकोट डिपो प्रमुख पक्राउ परेका छन् । अपराध अनुसन्धान महाशाखा प्रमुख सर्वेन्द्र खनालका अनुसार डिपो प्रमुख रविन शर्माले पेट्रोल पम्पसँग मिलेर संस्थागत कालोबजारी गरेको प्रमाण भेटिएको छ । प्रमाणकै आधारमा शर्मालाई अनुसन्धानका लागि पक्राउ गरिएको खनालले बताए । शर्मा ठगी र कालोबजारीको मुद्दामा छानविनमा परेका छन् । उनी पेट्रोल पम्पमा रिमोर्ट जडान गर्ने काममा समेत संलग्न देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । केही दिन अघि मात्रै महाशाखाले उपत्यकाका पेट्रोल पम्पमा छापा मार्दा १७ बढी पम्पमा अतिरिक्त स्वीच जोडेको भेटिएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ