कुचिङ । मलेसियाको कुचिङमा जारी एएफसी सोलिडारिटी कप फुटबलमा मंगलबार साँझ नेपालको भिडन्त बु्रनाइसंग हुँदैछ ।
नेपालले सेमिफाइनलमा पुग्न यो खेलमा तीन गोलको अन्तरले पराजित भए पनि पुग्नेछ । किनकि यसअघि नेपालले टिमोर लेस्टेसंग गोलरहित बराबरी खेलेको थियो ।
त्यस्तै टिमोरले बु्रनाइसंग ४–० को हार बेहोरेको थियो । त्यसैले पनि नेपालले एक गोलमात्र गर्न सक्यो भने गोल अन्तर बढी भए पनि फरक पर्दैन ।
यो समीकरण अनुसार नेपाल सहजै सेमिफाइनलमा पुग्ने अनुमान गर्न सकिन्छ । तर नेपाली टिमका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले भने बु्रनाइ मलेसियाबाट नजिक रहेकाले घरेलु मैदानको जस्तो वातावरणमा खेल्ने भएकाले सजक भएर खेल्नुपर्ने बताउँछन् ।
खेल नेपाली समयअनुसार साँझ ५ः१५ मा सुरु हुनेछ ।