arrow

लगानी भित्र्याउनको लागि परिसंघद्वारा प्रवुद्ध समिति गठन

logo
प्रकाशित २०७३ कार्तिक २३ मंगलबार
CNI.jpeg
काठमाडौं । नेपाल उद्योग परिसंघले प्रबुद्ध समिति गठन गरेको छ । निजी क्षेत्रको छाता संगठन परिसंघले गतसाता एक कार्यक्रमको आयोजना गरी (थिङ्क ट्याङ्क) प्रबुद्ध समिति गठन गरेको हो । नेपालकै सबैभन्दा ठूलो निजीक्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले भने अहिलेसम्म यस्तो गर्न सकेको छैन ।
 
औद्योगिक क्षेत्रमा स्वच्छ प्रतिस्पर्धा, दक्ष व्यवस्थापन, लगानी सुरक्षा तथा रोजगारी अभिवृद्धिमा टेवा पु¥याउने लक्ष्यसहित यस्तो समिति गठन गरिएको परिसंघले जनाएको छ । उसले मुलुकको बदलिँदो राजनीतिक आर्थिक एवं औद्योगिक यथार्थतालाई औद्योगिक वातावरणको भरपर्दाे आधारशीला निर्माण गर्न समसामयिक एवं नवीन दृष्टिकोणको केन्द्रविन्दू बनाउन सकियोस् भन्नकोलागि यस्तो समिति गठन गरिएको परिसंघले जानकारी दिएको छ । 
 
समितिमा संयुक्तराष्ट्रसंघकालागि नेपालका पूर्व स्थायीप्रतिनिधि एवं राजदूत प्रा.डा. शम्भुराम सिंखडाले नेतृत्व गरेका छन् भने अन्य सदस्यहरुमा शंकर कोइराला, उमाकान्त झा, डा. शंकर शर्मा, प्रा. डा. गोविन्द पोखरेल, डा. विन्दू लोहनी, पुरूषोत्तम ओझा, कृष्ण ज्ञवाली, किशोर थापा, सुरेशमान श्रेष्ठ, प्रा.डा. सुवास केसी, हिमालय थापा, डा. गोविन्द थापा, प्रा.डा. मिना बैद्य मल्ल र डा. विश्व पौडेल रहेका छन् । 
 
प्रबुद्ध समितिको मुख्य उद्देश्य दशकौंदेखि गैरआर्थिक कारणले गर्दा गरिबी, अभाव, न्यून लगानी, सुस्त आर्थिक बृद्धिदर, व्यापार घाटा र बेरोजगारीबाट आक्रान्त मुलुकमा अबको आर्थिक एजेण्डाको अवधारणालाई स्थापित गर्नुरहेको परिसंघले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ