arrow

संसद्लाई सर्वोच्च विधायकी संस्थाको रूपमा प्रभावकारी बनाउनुपर्छ: सभामुख घिमिरे [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २५ सोमबार
devraj-khanal-2080.jpg

काठमाडौँ । सभामुख देवराज घिमिरेले सङ्घीय संसद्लाई सर्वोच्च विधायकी संस्थाको रूपमा प्रभावकारी बनाउनुपर्ने बताएका छन् । 

सोमवार सङ्घीय संसद सचिवालयले आयोजना गरेको संसद सेवाको प्रभावकारिता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संसद्लाई सर्वोच्च विधायकी संस्थाको रूपमा प्रभावकारी बनाउनुपर्ने बताएका हुन् । 

उनले संसद सर्वोच्च विधायकी संस्था भएको उल्लेख गर्दै विधायकी संस्थालाई सर्वोच्च बनाउनुपर्नेमा जोड दिए । उनले संसद्लाई प्रभावकारी बनाउनुपर्ने बताए ।

उनले संसद्लाई प्रभावकारी बनाउनका लागि सबैको भूमिका हुने भन्दै आ–आफ्नो ठाउँबाट भूमिका खेल्न आग्रह पनि गरे । 

सभामुख घिमिरेले संसद सेवालाई प्रभावकारी बनाउन अध्ययन, अवलोकन भ्रमण, अनुभव आदानप्रदान लगायतका सेवा, सुविधा दिनुपर्ने उल्लेख गर्दै यसको निम्ति आफुले भूमिका खेल्ने पनि बताए ।

सभामुख घिमिरेले सार्वजनिक संस्थाहरूमा सक्षम मान्छेको नेतृत्वले पनि संस्थालाई परिणाम दिन नसक्ने गरेको भन्दै उनले संस्थागत रूपले लान नसक्दा समस्या देखा पर्ने गरेका बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ