arrow

रियालसँगको अनुबन्ध २०१८ मा सकिँदै, कहाँ जालान् रोनाल्डो ?

logo
प्रकाशित २०७३ कार्तिक २३ मंगलबार
ronaldo-news-anubhandha.jpeg

एजेन्सी । ३१ वर्षीय पोर्चुगिज स्टार स्ट्राइकर क्रिश्चियानो रोनाल्डोको स्पेनिश क्लब रियाल मड्रिडसँगको पछिल्लो सम्झौता २०१८ को जुनमा सकिँदैछ ।

त्यसपछि रोनाल्डोको नयाँ अनुबन्धको बाटो खुल्ने छ । नयाँ अनुबन्धको बाटो खुलेसँगै रोनाल्डोलाई आफ्नो क्लबमा भित्र्याउन धेरै क्लबहरुले संघर्ष गर्ने छन् । त्यसबेला रोनाल्डोमाथि इङ्गलिश क्लबहरुको पनि नजर जाने अड्कल धेरैको छ । यद्यपि, रियालसँग सम्झौंता सकिएपछि रोनाल्डो आफु कुन क्लब रोज्लान् ? कहाँ जालान् ? यो धेरै खेलप्रेमीहरुको जिज्ञासाको विषय बनेको छ ।

कतिपयले रोनाल्डो रियालमै रहेको हेर्न चाहेका छन् भने कतिले नयाँ क्बलमा देख्न चाहिरहेका छन् । तर, रोनाल्डोले सबैको जिज्ञासा मेटिदिएका छन् । रोनाल्डोले आफु रियालसँग नअघाएको संकेत गर्दै १० वर्ष रियालमै रहने बताएका छन् । उनले १० वर्ष रियालमै रहने गरी नयाँ सम्झौंता गर्नै बताए ।
 
योसँगै रोनाल्डो २०२१ सम्म रियालमै रहने प्रष्ट भएको छ । २००९ मा रियालमा पहिलो पटक अनुबन्ध भएका रोनाल्डोले क्लबका लागि ३ सय ७१ गोल गरेका छन् भने २ पटक च्यापियन्स लिग र एक पटक ला लिगा जिताएका छन् । रोनाल्डोले रियाल मड्रिड सधैं आफ्नो मुटुमा रहेको बताउँदै रियालमा विताएको समय जीवनकै लागि विशेष हुने जनाए ।

रोनाल्डोले आफ्नो फुटबल करियर रियालबाटै सकाउन चाहेको समेथ प्रष्ट पारेका छन् । उनले रियालबाट अझैं लामो समय खेल्दै क्लबमा इतिहास रच्ने समेत बताएका छन् । रोनाल्डोको यो अभिव्यक्तिपछि क्लबका प्रशिक्षक जिनेदिन  जिदानले रोनाल्डो ‘अनौठा’ रहेको टिप्पणी गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ