arrow

बजेट कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन

logo
प्रकाशित २०७३ कार्तिक २३ मंगलबार
mahara--new-samsad-FNL.jpg.jpeg
काठमाडौँ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले बजेट कार्यान्वयनका प्रगतिबारे विभिन्न मन्त्रालयका सचिवसहित सम्बद्ध विभागीय प्रमुखसँग मंगलबार छलफल प्रारम्भ गरेका छन् । विकास खर्चको समयावधि तोकेर सो सम्बन्धमा यथार्थ जानकारी लिने क्रममा अर्थमन्त्री महराले ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायसहित विभाग तथा आयोजना प्रमुखसँग जानकारी लिनुभएको हो । 
 
चालु आर्थिक वर्षको पहिलो चौमासिक सकिनै लाग्दा कुल बजेटको १३.८१ प्रतिशत मात्रै खर्च भएकामा अर्थमन्त्रीले अब दोस्रो चौमासिकमा विकास आयोजनाको ठेक्का सकेर काममा लाग्न निर्देशन दिए । बजेट खर्च नहुने र खर्च भए पनि आवको अन्त्य हुने समयमा मात्र त्यसले प्राथमिकता पाउने परम्परालाई तोड्नुपर्नेमा उनको जोड रहेको अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार पुण्यप्रसाद रेग्मीले जानकारी दिए । 
 
प्रथम चौमासिक सकिन एक साता बाँकी रहँदा ऊर्जा मन्त्रालयलाई छुट्याइएको कुल विकास खर्चको १.३५ प्रतिशत मात्रै खर्च भएको बताइएको छ । छलफलका क्रममा अर्थमन्त्री महराले ऊर्जा मन्त्रालयका पदाधिकारीसँग भने – “एक करोड बजेट छुट्याएकामा  एक लाख पनि खर्च नहुने अवस्था आउनु विडम्बना हो ।” उनले विद्युत् उत्पादन, वितरण र प्रसारण लाइन निर्माणमा विशेष जोड दिन निर्देशन दिएको सल्लाहकार रेग्मीले बताए । 
 
छलफलका क्रममा ऊर्जा सचिव उपाध्यायले विकास खर्चको प्रगति राम्रो भए पनि प्रक्रियागत रुपमा ढिलाइका कारण  प्रगति स्पष्ट नदेखिको र केही आयोजना स्वीकृत हुन बाँकी रहेको जानकारी गराएका थिए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ