- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । मलेसियाको कुचिङमा जारी एएफसी सोलिडारिटी कप फुटबलमा अहिले नेपालले ब्रुनाइसंग खेल्दैछ । खेल केही बेरमा सुरु हुँदैछ ।
नेपाल यो खेलमा बराबरी वा तीन गोलको अन्तरले पराजित भए पनि सेमिफाइनलमा पुग्नेछ । सअघि नेपालले टिमोर लेस्टेसंग गोलरहित बराबरी खेलेको थियो ।
त्यस्तै टिमोरले ब्रुनाइसंग ४–० को हार बेहोरेको थियो । सोही कारण नेपालले एक गोलमात्र गर्न सक्यो भने गोल अन्तर बढी भए पनि फरक पर्दैन । यो समीकरण अनुसार नेपाल सहजै सेमिफाइनलमा पुग्ने अनुमान गर्न सकिन्छ ।