arrow

हिन्दूराष्ट्र फिर्ती ?

logo
प्रकाशित २०७२ मंसिर २७ आइतबार
hindu-rasta-julus.jpg.jpeg
काठमाडौं । राष्ट्रिय आन्दोलन संयुक्त आयोजक समितिले विगतमा सरकारले मधेसी, आदिवासी, जनजातिसँग गरेका सम्झौता कार्यान्वयन गराउन माग गर्दै बसन्तपुरमा सभा गरेको छ । सङ्घीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति अभियानलगायतका अन्य संस्था सो समितिमा आबद्ध छन् । सभामा सहभागी वक्ताले मधेसी, थारु, जनजातिले आफ्ना अधिकारको मागलाई सरकारले चाँडो सम्बोधन गर्नुपर्नेमा जोड दिएका थिए । 
 
वरिष्ठ राजनीतिज्ञ एवम् अधिकारकर्मी पद्मरत्न तुलाधरले थारु, आदिवासी, मधेसी, जनजाति सबैको अधिकारलाई संविधानमा सुरक्षित गर्नुपर्नेमा जोड दिँदै सरकारले विगतमा उनीहरुसँग गरेका सहमति कार्यान्वयन गर्न आग्रह गरे ।  
 
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर, सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राई, नागरिक अगुवा डा सुन्दरमणि दीक्षितलगायतले मधेसमा चलिरहेको आन्दोलनलाई सरकारले वार्ताबाट समाधान गर्नुपर्नेमा जोड दिए ।  
 
यसैबीच हिन्दू राष्ट्र कायम गर्न माग विभिन्न राष्ट्रवादी सङ्घसंस्थाको आबद्धतामा गठित राष्ट्रिय जनसङ्घर्ष मोर्चाले हिन्दूराष्ट्र, राजसंस्था कायम गर्नुपर्ने माग गर्दै आइतबार सुन्धारामा कोणसभा गरेको छ । मोर्चाका संयोजक श्यामप्रसाद तिमल्सिनाले बहुसङ्ख्यक हिन्दू भएको मुलुकमा उनीहरुको भावनाविपरीत धर्म्निरपेक्ष कायम हुन नसक्ने बताए ।  
 
राप्रपा नेपाल समानान्तर समितिका नेता सपना अर्याल, उद्यमी डिकेन शाक्य, समाजसेवी अस्मिता भण्डारीलगायतले सबै जाति तथा समुदायको भावनालाई संविधानले सम्बोधन गर्न नसकेकाले अहिले मुलुकमा अनेकौँ समस्या आएका वैज्ञानिक ढङ्गबाट समस्याको समाधान खोज्नुपर्ने औँल्याए । तस्वीर: रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ