arrow

प्रहरी अस्पताल राति नै सारेपछि बेलबारी नगरपालिकाको आपत्ति 

logo
विवेक मिश्र, 
प्रकाशित २०८० मंसिर २७ बुधबार
pradesh-koshi-hospital-2080.jpg
तस्बिर – मोरङ बेलबारीमा सञ्चालित प्रदेश प्रहरी अस्पताल एक्कासी इनरुवा सारिएपछि उक्त घटनाप्रति आपत्ति जनाउँदै प्रदेश प्रहरी रहेको भवन अगाडि पत्रकार सम्मेलन गर्दै, तस्बिर विवेक मिश्र ।

मोरङ । स्थापना भएको वर्षदिन पनि बित्न नपाउँदै मोरङको बेलबारी नगरपालिका–३ मा रहेको नेपाल प्रहरीले सञ्चालन गरेको कोशी प्रदेश स्तरीय अस्पताल रातारात सारेर सुनसरीको इनरुवा सारिएपछि बेलबारी नगरपालिकाले आपत्ति जनाएको छ । 

के कति कारणले नगरबासी निदाएका बेला मध्यरातमा अस्पतालका सरसामान इनरुवा पुर्याइयो भन्दै बेलबारीका प्रदेश सांसदलगायत जनप्रतिनिधिहरुले प्रदेश सरकारसँग प्रश्न गरिरहेका छन् । 

बुधबार दिउँसो बेलबारी ३ स्थित रहेको प्रदेश प्रहरी अस्पतालको अगाडि पत्रकार सम्मेलन गर्दै बेलबारी नगरपालिकाले प्रदेश प्रहरी अस्पताल सारिएको घटनाप्रति आपत्ति जनाएको हो । मंसिर २६ गते मध्यराति सो अस्पताल अपहरण शैलीमा सुनसरी जिल्ला समन्वय समितिमा अनधिकृत रूपमा स्थानान्तरण भएको घटनाति दुःख व्यक्त गर्दै बेलबारी नगरपालिकाले प्रेस विज्ञप्ति मार्फत ध्यानाकर्षण गराएको छ ।

प्रदेश प्रहरी अस्पताल अनधिकृत रुपमा सारिएको घटनाप्रति बेलबारीका सबै राजनैतिक दलको नगरपालिेकाले जारी गरेको प्रस विज्ञप्तिमा ऐक्यवद्धता रहेको भन्दै स्थानान्तरण भएको अस्पताल पुनः सोही ठाउँमा स्थापना गर्न माग गर्दै नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा समाजवादी पार्टीको तर्फबाट हस्ताक्षरसहित विज्ञप्ति जारी गरिएको छ । 

कोशी प्रदेशको राजधानी विराटनगरस्थित मुख्यमन्त्रीको कार्यालय पुगेका स्थानीयसहित राजनीतिकर्मी, जनप्रतिनिधि र सरोकारवालाले अस्पताल साविककै स्थानमा पुनःस्थापित गराउन माग गर्दै मुख्यमन्त्री केदार कार्कीलाईसमेत  ध्यानाकर्षण गराइसकेका छन् ।  

नेपाल प्रहरीको व्यवस्थापनमा बेलबारीमा सञ्चालित अस्पताल एक्कासी सारिएपछि त्यस क्षेत्रका प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदी, मानबहादुर लिम्बू, गीता तिम्सिना, उपमेयर नितु थापा कोइराला र स्थानीय राजनीतिकर्मी लगायतले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै स्थानान्तरण भएको अस्पताल पुनः सोही ठाउँमा स्थापना गर्न माग गरेका हुन् । 

“बिहान एकाएक अस्पताल त खाली भएछ भनेर खबर आएपछि हामी सबै हतारिएर हेर्न गयौँ । रातबिरात अरूको सुरक्षा गर्ने प्रहरीले आफ्नै अस्पताल नगरबासी निदाएका बेला मध्यरातमा सारेर लगेछन्, यो घटना एकदमै दुःखद रहेको” मोरङ बेलबारी नगरपालिकाकी उपमेयर नितु थापा कोइरालाले बताइन्  ।

“रातको समयमा सरसामान लगिएपछि हामी सबै छक्क परेका छौँ । केही विषय भए छलफल गर्दा हामी निकास निकाल्ने थियौँ । तर, त्यस्तो केही भएन,” प्रदेश सांसद ज्ञानेन्द्र सुवेदी बताउँछन् । 

२०७९ फागुन ११ गते तत्कालीन प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले बेलबारीमा प्रादेशिक प्रहरी अस्पताल उद्घाटन गरेका थिए । इलाका प्रहरी कार्यालय बेलबारी नयाँ भवनमा सरेपछि राजमार्गसँगै रहेको प्रहरी भवनमा अस्पताल सञ्चालन गरिएको थियो ।

सञ्चालनको एक वर्ष पनि नपुग्दै सुनसरी जिल्ला समन्वय समितिको भवनमा अस्पताल सारिएको छ । उपमेयर थापाले प्रहरी अस्पताललाई नगरपालिकाले एसी जडान गर्नेदेखि अन्य सहयोगसमेत गरेको बताइन् । 

‘प्रदेश प्रहरी अस्पताललाई हामीले बेलबारी ४ मा निर्माण सम्पन्न हुनै लागेको पर्याप्त सुविधा र क्षेत्रफल रहेको नगर अस्पताल दिन्छौँ भनिरहेकै थियौँ तर उहाँहरु हामीलाई जानकारीसमेत नदिई राति नै निस्किए जानुभएछ’, उपमेयर थापाले भनिन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ