arrow

सीमा जोडिएको रौतहटमा रोकिएन तस्करी

logo
प्रिमेश शिवाकोटी, 
प्रकाशित २०८० मंसिर २८ बिहिबार
rautahat-taskari-2080-08-28.jpg

रौतहट । रौतहटसँग जोडिएको भारतीय सिमानाकाबाट तस्करी नरोकिएको गुनासो बढ्न थालेको छ । भारत र नेपालको सीमा नाकामा तस्करहरुले फाइदा उठाउँदै गौर भन्सारको मुख्य नाकासहित विभिन्न  नाकाबाट तस्करी गर्ने गरेको पाइएको छ । दशगजाक्षेत्र हुँदै दैनिक तस्करी भए पनि भन्सार कार्यालय र सशस्त्र प्रहरी निरीह बनेर बसेको स्थानीयको आरोप छ । 

पछिल्लो समय जिल्लाको विभिन्न सीमा नाकाको चोर बाटो हुँदै गाई गोरु, लत्ताकपडा, कस्मेटिक समान, चिनी, तेल, मल, हार्डवेयर, केराउ, सुपारी, चामल  चोरी निकासी हुने गरेको गुनासो छ ।

लक्ष्मीपुर बेलबिछवा, महादेव पट्टी, टिकुलिया बाध, लालबकैया, बन्जरहा, औरैया, मठिया, डुमरिया परोहा, राजपुर, बन्कुल र नरकटिया भएर तस्करहरूले विभिन्न सामग्रीको तस्करी गरी भारतबाट नेपाल र नेपालबाट भारत भित्र्याउने गरेको सिमामा बस्नेहरुले बताएका छन् ।

रौतहटको राजपुरमा प्रत्येक हप्ता लाग्ने बजारमा सयौँको संख्यामा रांगाको तस्करी हुने गरेको गुनासो छ ।

घरेलु रक्सी र ब्रान्डेड रक्सी तस्करी गरी लैजाने कार्यसमेत भइरहेको जानकारहरु बताउँछन् । 

 सानोतिनो व्यापारीले दिउँसै मालसामान ओसारपसार गर्छ भने ठूला व्यापारीहरूले भारतबाट रातारात लत्ताकपडा, हार्डवेयर, इलेक्ट्रोनिक्स सामान, तेल, चिनी लगायतका मालसामान ओसार्ने गरेको छन् ।

भारतीय बजारको विभिन्न सामग्री बिना भन्सार रौतहटको चन्द्रपुर, कटहरिया, गरुडा पुग्ने गरेको केही व्यापारीले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ