काठमाडौं । भारतीय ५ सय र एक हजार रूपैयाँको नोट भारत सरकारले ८ तारिकको राती १२ बजेदेखिको लागि प्रतिबन्ध लगाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रको नाममा सम्बोधन गर्दै भारतीय दुई नोटहरू प्रतिबन्धको घोषणा गरेसँग भारतीय तथा नेपाली बजारमा समेत यसले हंगामा मच्चाएको छ ।
तर, नेपाल राष्ट्र बैंक भने यसले नेपालीलाई तत्कालकोलागि टाउको दुखाईभएपनि घाटा भने नहुने र यसबाट नेपालीहरूले नयाँ कुरा सिक्नुपर्ने बताएको छ । बैंकका विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुङ्गानाले तत्कालको लागि मनिटरी लष्ट हुने भएपनि दीर्घकालको लागि भने यसले असल शासनको लागि फाइदा गर्ने धारणा व्यक्त गरे ।
उनले ५ सय र हजारको नोट प्रतिबन्ध गराउँदा नेपालमा खासै धेरै समस्या सिर्जना नहुने भन्दै यसरी राख्नेहरूलाई पनि यसरी पैसा होल्डिङ गरेर राख्नु हुँदैन बैंकमा नै राख्नुपर्छ भन्ने सन्देश दिने उनको भनाई थियो । नेपालमा हजार र ५ सयका नोटको प्रयोगकर्ता धेरै नभएकोले यसको सटहीकोलागि पनि थोरै सकय दिईएको उनको तर्क थियो । नेपालले पनि कालो धन नियन्त्रणको लागि यस्तो गर्छ त ? भन्ने प्रश्नमा कालो धन बढी भएको भन्ने आशंका लागेमा नेपाल सरकारले पनि यस्तो घोषणा गर्न सक्ने उनको भनाई थियो ।
किन भयो मध्येरातमा प्रतिबन्ध ?
मध्यरातमा मुद्रा प्रतिबन्ध लगाउनुमा कुनैपनि आश्चर्य मान्नुपर्ने आवश्यकता नरहेको भारतीय सञ्चारमाध्यमहरूले विश्लेषण गरेका छन् । अहिलेको मुद्रा प्रतिबन्धको कुरा भारत सरकारले जाली नोट नियन्त्रणको लागि भन्दा पनि कालो धन नियन्त्रणकोलागि गरेको कदम भन्दै उनीहरूले यदी धेरै समय छुट दिने हो भने कालो धनका व्यापारीहरूले नयाँ चलखेल गर्ने भएकोले पनि रातपरेपछि प्रधानमन्त्रीले सम्बोधन गर्नु र सोही रातदेखि पैसा नचलाउनु आश्चर्य नभएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
तर, यो योजना ६ महिना पहिलेदेखिको गोप्य योजना रहेको पनि भारतीय अनलाईन द इन्डियन एक्सप्रेसले जनाएको छ । उसले दुई महिना अघ्दिेखि यसको काम सुरू भएको भएपनि यो ६ महिना अघि देखिको गोप्य योजना रहेको खुलासा पनि गरेको छ ।