- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नयाँ नेपाली मार्सल आर्ट ‘वज्र’ बारे बुधबार जानकारी गराइएको छ । खेल्ने शैली बारे खेलाडीबाट प्रदर्शन गराईनु साथै विविध पक्ष बारे अवगत गराई वज्र बारे जानकारी गराइयो । वज्रको सुरुआत क्योकुसिन करातेका संस्थापक जगतप्रसाद गौचनले गरे ।
क्योकुसिन, थाइ बक्सिङ, बक्सिङ, किक बक्सिङ र तेक्वान्दोको सबल पक्षलाई समेटेर वज्रको सुरुआत गरिएको गौचनले बताए । गौचन नेपाल क्योकुसिन कराते डो संघ (वज्र)का अध्यक्ष समेत हुन् ।
‘हरेक मार्सल आर्टका गुरुहरुको आफ्नै स्टायलको खेल बनाउने चाहना हुन्छ । त्यही चाहना अनुरुप मैले पनि वज्रको सुरुआत गरेको हुँ ।’– अध्यक्ष गौचनले भने । वज्रमा फेस पन्चिङ पनि गर्न मिल्ने, विभिन्न तौलसमूहमा प्रतिस्पर्धा हुने, रिङमा खेल खेलाइने, अंक सिस्तलगायत रहेको अध्यक्ष गौचनले जानकारी गराए ।
उनले २ वर्षभित्र एसियाली च्याम्पियनसिप तथा ४ वर्षमा विश्व च्यामिपयनसिप आयोजना गर्ने लक्ष्य रहेको जानकारी गराए । भारतमा वज्रको संघ स्थापना गरिसकेको र चाँडै नै सिंगापुर, बंगलादेश, जापान, पाकिस्तान, युके, हङकङ र अमेरिकामा संघ स्थापना गरिने बताइएको छ ।