arrow

सांसद शर्माले लगेको केएमसीको टिमले दाङमा गर्‍यो १३१९ जनाको निःशुल्क उपचार

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ५ बिहिबार
sunil-sharma-2080-09-05.jpg

दाङ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माले लगेको मेडिकल टिमले दाङमा १३ सय १९ जनाको निःशुल्क उपचार गरेको छ । 

बिहीबार दाङको शान्तिनगर गाउँपालिका वडा नं ४ को सरस्वती आधारभुत विद्यालयमा आयोजित स्वास्थ्य शिविरमा १३ सय १९ जनाले स्वास्थ्योपचार गरेका हुन् । 

उक्त गाउँपालिकाको आयोजनामा भएको स्वास्थ्य शिविरमा डा. शर्माले काठमाडौँ मेडिकल कलेज केएमसीको २५ जनाको स्वास्थ्यकर्मीको टिम लगेर उपचार गराएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । 

दाहालका अनुसार उपचार गर्न आएका बिरामीमध्ये १७६ जनाको अल्ट्रासाउन्ड, १४३ जनाको ल्याब, ४२ जनाको ईसीजी तथा १४१ जनाको इको गरिएको थियो । 

५३ जनाको दाँत खोलिएकामा ५३ जनालाई ओटीका लागि रेफर गरिएको छ । सो निःशुल्क स्वास्थ्य शिविरमा बोल्दै सांसद डा. शर्माले शल्यक्रियाका लागि रेफर गरिएकाहरुको निःशुल्क शल्यक्रिया गरिने पनि प्रतिबद्धता जनाएका छन् । 

डा. शर्माले सम्हालेपछि  केएमसीले निरन्तर रुपमा सामाजिक उत्तरदायित्व अन्तर्गत धेरै भन्दा धेरैलाई निःशुल्क सेवा दिँदै आएको छ । 

अस्पतालमासमेत कम भन्दा कम शुल्क लिएर बिरामीको उपचार गराइरहेको प्रबन्धक दाहालले बताए । 

डा. शर्माको टोलीले बुधबार मात्रै प्यूठानमा बिरामीहरुको निःशुल्क उपचार गरेर आएको थियो । 

टोलीले शुक्रबार कपिलवस्तुमा निःशुल्क स्वास्थ्यशिविर गर्दैछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ