arrow

विदेशी सहयोगहरूको सही सदुपयोग हुनुपर्छ: सभामुख घिमिरे [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ६ शुक्रबार
devraj-gh.jpg

काठमाडौँ ।  सभामुख देवराज घिमिरेले विदेशी सहयोगहरूको सही सदुपयोग हुनुपर्ने बताएका छन् । शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले विदेशी संघसंस्थाहरुले आफ्नो उद्देश्य पूरा गर्नका लागि सहयोगका कार्यक्रमहरु ल्याइरहने क्रम बढी रहेका भन्दै यसको निगरानी हुनुपर्ने बताए । उनले वैदेशिक सहयोगहरूको सदुपयोग ठिक ढङ्गबाट गर्नका लागि आम जनताको पहुँचमा सहायता बारेको जानकारी पुग्नुपर्ने बताए । 

उनले देशको विकास गर्न विभिन्न वैदेशिक सङ्घ संस्था, राष्ट्र र कार्यक्रमहरूमार्फत आइरहेका सहयोगहरूलाई सरकारमार्फत संसद्मा पेस गर्ने र सांसदले त्यसको प्रयोग कहाँ, कुन क्षेत्रमा र कसरी गर्नुपर्छ भन्नेबारेमा बजेट वा नीतिअन्तर्गत कार्यान्वयनमा लैजानुपर्ने बताए । उनले वैदेशिक सहयोगको कार्यान्वयन भइरहेका ठाउँको निरीक्षणमा सांसदले प्रभावकारी निगरानी बढाउनुपर्ने बताए ।

उनले भने, ‘अहिले एउटा ट्रेन के बढिरहेको छ भने विदेशी संघसंस्थाहरुको उद्देश्य पूरा गर्नका लागि कसरी छिटो त्यसलाई खर्च गर्न सकिन्छ ? त्यो ढङ्गबाट गइरहेको छ । तर त्यो हाम्रो आवश्यकता हो की होइन, यसको बारेमा इनालाइसिस गर्ने, त्यसलाई सिस्टममा ल्याउने कुरा कसरी गर्नुपर्छ वा यसको महत्त्व के छ भन्नेबारेमा धेरै बहस छलफलले हुँदैन । त्यसैले वैदेशिक सहयोगहरूको सदुपयोग ठिक ढङ्गबाट गर्नका लागि आम जनताको पहुँचमा यी कुराहरू पुग्नुपर्छ । पहुँचमा पुर्‍याउने तरिकाहरू के हो भने संसद हो र जनताहरूबाट छानिएका सांसदहरू हुन् । आज देशमा भइरहेको आर्थिक उन्नतिलाई अथवा देशको विकास गर्नलाई वैदेशिक संघसंस्थाहरुमार्फत, राष्ट्रहरूमार्फत कार्यक्रमहरूमार्फत आइरहेका सहयोगहरूलाई सरकारमार्फत संसद्मा पेस गर्ने र संसदहरुले त्यसको प्रयोग कहाँ र कुन क्षेत्रमा कसरी गर्नुपर्छ भन्ने बजेट वा नीतिअन्तर्गत छलफल गरिसकेपछि त्यो कार्यान्वयनमा कसरी गइरहेको छ ? मनिटरिङ गर्ने कुराहरूमा संसद प्रभावकारी हुनुपर्छ । त्यो अहिलेको प्रणालीअन्तर्गत संसदीय समितिहरू नै यसको मनिटरिङ गर्ने मुख्य साधनहरू हुन् । उनीहरूले हरेक ठाउँमा कसरी प्रयोग भयो, कुन समयमा आयो ? समय भन्दा ढिलो किन भयो ? समयभित्रै ल्याएर किन प्रयोग गर्न सकिएन ? यी कुराहरूको बारेमा संसदीय समितिहरू प्रभवकारी ढङ्गबाट यसको मनिटरिङ गर्ने भूमिकामा रहन पुगे भने उनीहरूमार्फत जनताको बीचमा ती कुराहरू पुग्न सक्छन् । त्यसको जानकारी भइसकेपछि मात्रै त्यसको सही सदुपयोग हुन्छ । एयरपोर्टहरू बनाउने बारेमा हामीले सफलता पाएका छौँ तर त्यसलाई सञ्चालन गर्ने कुरामा हाम्रो ध्यान पुगेको छैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ