arrow

सुनील शर्माले लगेको केएमसीको टिमबाट कपिलवस्तुमा साढे १५ सयको उपचार [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ६ शुक्रबार
sunil-sharma-kapilvastu-2080-09-06 (11).jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं सांसद डा. सुनीलकुमार शर्माले लगेको काठमाडौँ मेडिकल कलेज (केएमसी) को स्वास्थ्य टिमले कपिलवस्तुमा साढे १५ सय बिरामीको निःशुल्क उपचार गरेको छ । 

अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार स्वास्थ्य टोलीले शुक्रबार बुद्धभूमि नगरपालिका वडा नम्बर २ को गौतमबुद्ध मावि गोरुसिंगेमा १५ सय ४७ जनाको निःशुल्क उपचार गरेको हो । 

जसमा ११४ जनाको ईसीजी, २११ जनाको ल्याब, १५५ जनाको अल्ट्रासाउन्ड गरिएको थियो । त्यस्तै ४७ जनाको दाँत खोलिएको थियो भने ६५ जनाको ईको गरिएको थियो । 

बिरामीमध्ये ५९ जनालाई भने शल्यक्रियाका लागि रेफर गरिएको छ । 

डा. शर्माले शल्यक्रिया रेफर गरिएकालाई केएमसीमा निःशुल्क शल्यक्रिया गरिदिने बताएका छन् । 

डा. शर्माले २५ जनाको स्वास्थ्य टोली लिएर यसअघि प्युठान र दाङमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेका थिए । 

डा. शर्माले केएमसी सम्हालेपछि सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन् । 
 

sunil-sharma-kapilvastu-2080-09-06 (1).jpg
sunil-sharma-kapilvastu-2080-09-06 (2).jpg
sunil-sharma-kapilvastu-2080-09-06 (3).jpg
sunil-sharma-kapilvastu-2080-09-06 (4).jpg
sunil-sharma-kapilvastu-2080-09-06 (5).jpg
sunil-sharma-kapilvastu-2080-09-06 (6).jpg
sunil-sharma-kapilvastu-2080-09-06 (7).jpg
sunil-sharma-kapilvastu-2080-09-06 (8).jpg
sunil-sharma-kapilvastu-2080-09-06 (9).jpg
sunil-sharma-kapilvastu-2080-09-06 (10).jpg
sunil-sharma-kapilvastu-2080-09-06 (11).jpg
sunil-sharma-kapilvastu-2080-09-06 (12).jpg
sunil-sharma-kapilvastu-2080-09-06 (13).jpg
sunil-sharma-kapilvastu-2080-09-06 (14).jpg
sunil-sharma-kapilvastu-2080-09-06 (15).jpg
sunil-sharma-kapilvastu-2080-09-06 (16).jpg
sunil-sharma-kapilvastu-2080-09-06 (17).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ