सुनील शर्माले लगेको केएमसीको टिमबाट कपिलवस्तुमा साढे १५ सयको उपचार [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८० पुष ६ शुक्रबार
1k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं सांसद डा. सुनीलकुमार शर्माले लगेको काठमाडौँ मेडिकल कलेज (केएमसी) को स्वास्थ्य टिमले कपिलवस्तुमा साढे १५ सय बिरामीको निःशुल्क उपचार गरेको छ ।
अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार स्वास्थ्य टोलीले शुक्रबार बुद्धभूमि नगरपालिका वडा नम्बर २ को गौतमबुद्ध मावि गोरुसिंगेमा १५ सय ४७ जनाको निःशुल्क उपचार गरेको हो ।
जसमा ११४ जनाको ईसीजी, २११ जनाको ल्याब, १५५ जनाको अल्ट्रासाउन्ड गरिएको थियो । त्यस्तै ४७ जनाको दाँत खोलिएको थियो भने ६५ जनाको ईको गरिएको थियो ।
बिरामीमध्ये ५९ जनालाई भने शल्यक्रियाका लागि रेफर गरिएको छ ।
डा. शर्माले शल्यक्रिया रेफर गरिएकालाई केएमसीमा निःशुल्क शल्यक्रिया गरिदिने बताएका छन् ।
डा. शर्माले २५ जनाको स्वास्थ्य टोली लिएर यसअघि प्युठान र दाङमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेका थिए ।
डा. शर्माले केएमसी सम्हालेपछि सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन् ।