arrow

भारुको कारोबार रोकिँदा सास्ती

logo
प्रकाशित २०७३ कार्तिक २५ बिहिबार
indian-currency.jpeg
धनगढी । भारतले भारु ५०० र एक हजारका नोटको कारोबारमा रोक लगाएसँगै भारतसँग सीमा जोडिएका कैलालीका विभिन्न ठाउँका सर्वसाधारण मारमा परेका छन् । 
 
आफ्नो साथमा रहेको भारु हजार र ५०० का नोटको सटही हुने-नहुने अन्योलता बढेपछि सीमावर्ती बजारका नागरिकले सास्ती खप्नु परेको छ । 
 
भारतको लखनउबाट उपचारका गरी फर्किएका धनगढीका मनोज ओझा आफूसँग रहेको भारु एक हजार र ५०० का नोट सटही नहुँदा विचल्लीमा परेको बताउनुहुन्छ । “उपचारका लागि पुनः लखनउ जान समस्या भएको छ,” उनले भने । 
 
कारोबारमा रोक लगाइएसँगै स्थानीय व्यापारी, भारतका अस्पतालमा उपचारमा रहेका बिरामीका अविभावक र सर्वसाधारण आफूसँग रहेका भारु ५०० र हजारका नोट सटही हुने वा नहुने र सटही गर्दा पनि सानो दरको भारु पाउने वा नपाउने भन्ने समस्यामा छन् । भारतमा काम गरेर फर्किने र भारतका अस्पतालमा उपचाररत रहेका नेपाली नागरिक मारमा छन् । 
 
नेपाल राष्ट्र बैंक धनगढी शाखाका प्रबन्धक विश्रुत थापाले भारु एक हजार र ५०० का नोटको कारोबारमा भारतले रोक लगाएपछि नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागले पनि आजैदेखि ती नोटको कारोबारमा रोक लगाएको जानकारी दिए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ