arrow

कांग्रेस नगर सभापतिहरुकाे भेला : आगामी निर्वाचनको रणनीति तय, १५ बुँदे घोषणा पत्र जारी

देउवा सिटौला एउटै मञ्चमा

logo
प्रकाशित २०७३ कार्तिक २५ बिहिबार
nagar-savhapatiko-bhela.jpeg

काभ्रे, बनेपा । नेपाली कांग्रेसका नगर सभापतिहरुको भेलाले राज्य पुनःसंरचना र आगामी स्थानीय निकायको निर्वाचनबारकोे रणनीति तय गरेको छ । रणनीति बनाउन देशभरबाट बनेपामा भेला भएका करिब १ सय ७५ बढी नगर सभापतिहरुले १५ बुँदे घोषणा पत्र जारी गर्दै आगामी रणनीति सार्वजनिक तय हुन् ।

घोषणापत्रमा पार्टीको विधान बमोजिम संघीय संरचना अनुसारका विभागहरु निर्माण गर्न माग गर्ने, आगामी चैतमै स्थानीय तहको निर्वाचन गराउन शीघ्र पहल गर्ने उल्लेख छ । यस्तै, स्थानीय तहको निर्वाचनमा जाँदा वडा अध्यक्ष र सदस्यको उम्मेद्वारीका लागि वडा समितिले गरेको निर्णयलाई नगर कार्यसमितिले अन्तिम रुप दिने र नगरको मेयर उपमेयरको उम्मेद्वारी सिफारिसलाई जिल्ला कार्यसमितिले अन्तिम रुप दिने माग राखिएको बताइएको छ ।

यो घोषणापत्र केन्द्रीय कार्यसमितिमा जाने भेलामा सहभागिहरुले बताएका छन् । वुधबारबाट सुरु भएको दुई दिने भेला विहिबार समापन भएको छ । भेलाको समापनका लागि पार्टी सभापति शेरबहादुर देउवा, नेता कृष्ण सिटौला, गोपालमान श्रेष्ठ, अर्जुननरसिंह केसी, महेन्द्र यादव, सुजाता परियार लगाएतका नेता बनेपा पुगे ।

भेलाको उद्घाटन् वुधबार बरिष्ठ नेता रामचन्द्र पौडेलले गरेका थिए । नेता पौडेलले मुख्य पदमा बस्नेले विधिसम्वत काम नगर्दा पार्टी चलाउन अफ्ठ्यारो भएको बताउँदै लोकतान्त्रिक चरित्रका लागि कराउने आफ् एक्लो वृहष्पती भएको बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ