- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । टर्किएमा सवारी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।
बिहीबार टर्किएको राजमार्गमा भएको चेन ट्राफिक दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने अन्य ५७ जना घाइते भएका छन् ।
राज्य सञ्चालित टीआरटी प्रशारकका अनुसार उक्त दुर्घटना उत्तरी मारमारा राजमार्गमा उत्तर पश्चिमी साकार्या प्रान्त नजिकै भएको थियो ।
राजमार्गको इस्तानबुल दिशाको दग्दिबी क्षेत्रमा बाक्लो हुस्सुका कारण भएको चेन दुर्घटनामा तीन वटा बस र एउटा ट्रकसहित सात वटा सवारीसाधन एकापसमा ठोक्किएका थिए ।
दुर्घटनापछि राजमार्गको इस्तानबुल दिशामा यातायात ठप्प भएको थियो ।
साकारियाका गभर्नर यासर करादेनिजले घाइतेहरूको १० वटा विभिन्न अस्पतालमा उपचार भइरहेको बताए ।
टर्किएका न्याय मन्त्री यिलमाज टुन्कले दुर्घटनामा तीन जना सरकारी वकिललाई उपप्रमुख सरकारी वकिलको समन्वयमा खटाइएको बताए ।