arrow

आर्सनल शीर्ष स्थानमा उक्लियो

logo
प्रकाशित २०७२ मंसिर २८ सोमबार
olivi.or-jpg.jpg.jpeg
एजेन्सी । आर्सनल इङ्गलिश प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भिल्लाको मैदानमा भएको खेलमा आर्सनल २–० ले विजयी भयो । आर्सनललाई विजयी गराउन ओलिभर जिरु र आयरन राम्सेले एक–एक गोल गरे ।
 
जितसंगै आर्सनलको १६ खेलबाट ३३ अंक भएको छ । यस्तै, न्यूकासल युनाइटेडले टोटनह्याम हट्सपरलाई २–१ ले हरायो । उता, लिभरपुल वेष्ट ब्रोमविच आल्बियनले २–२ को बराबरी खेलेका छन् । यी खेलपछि लिगमा शीर्ष स्थानको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा छ । सिटीको ३२ अंक छ । समान अंकको लेस्टर सिटी तेस्रो स्थानमा छ ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ