arrow

कुनै अस्पतालको सेवा यस्तो पनि : सुरेन्द्र मिश्रको पिसाव थैली बन्यो, मुक्तिको सास फेरे

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ कार्तिक २५ बिहिबार
hospital-news-biratnagar.jpeg

 विराटनगर । विराटनगरको नेशनल किड्नी अस्पताल पिसाव थैलीको मेजर अप्रेशन गर्न सफल भएको छ ।

पिसावबाट रगत आउने समस्याका कारण सप्तरी हनुमाननगर योगिनीमाई नगरपालिकाका ४४ वर्षीय सुरेन्द्र मिश्रको पिसाव थैलीमा पलाएको टयुमरको सफल शल्यक्रिया गर्न अस्पतालक सफल भएको हो  ।

धेरै ठाँउमा उपचार गराए पनि निको नभइ पीडित बनेका मिश्रले विराटनगरको नेशनल किडिनी अस्पतालका चिकित्सक सन्तोष झाले पिसाव थैली फालेर कृतिम पिसाव थैली बनाएपछि मुक्तिको सास फेरेका छन् ।

नेशनल किडनीमा आउनुअघि मिश्रले अन्य अस्पतालहरुमा  उपचार गराउँदा समेत पिसावबाट रगत जाने समस्या हटेको थिएन ।  

आर्थिक रुपमा कमजोर उनले धेरै अस्पतालमा उपचार गराउँदा पैसा सकिएको अस्पतालले गरेको पत्रकार सम्मेलनमा जानकारी दिए । आर्थिक रुपमा कमजोर उनले भको सम्पती पाच कट्ठा मध्ये तीन कट्ठा जग्गा बेचेर उपचार गरेपछि बल्ल रोगमुक्त भएका छन् । आर्थिक अवस्था कमजोर भएका मिश्रका छोरालाई अस्पतालमा नै जागिरको व्यवस्था  गरिएको यूरो सर्जन डाक्टर सन्तोषकुमार झाले जानकारी दिए ।

निजी स्वास्थ्य संस्थातर्फ पूर्वाञ्चलमै पहिलो पटक विरामीको ट्युमर भएको पिसाव थैली फ्यालेर नयाँ पिसाव थैली बनाउन सफल भएको झाको भनाई छ ।

२०६८ सालमा पिसावबाट रगत आएपछि उपचारमा गराउदै आएका मिश्रले विराटनगर, धरान हुँदै भरतपुरसम्म उपचार गराउदा समेत रोग निको हुन सकेको थिएन । पूरानो पिसाव थैली फालेर कृतिम थैली बनाउदा करिव साढे चारघण्टा समय लागेको डाक्टर झाले जानकारी दिए ।

कृतिम थैलीले प्राकृतिक थैली सरह नै काम गर्ने उनको झाको भनाई छ । कृतिम पिसाव थैली बनाउन महङगो भए पनि मिश्रको उपचारमा छुट गरिएको अस्पतालले जनाएको छ ।  उपचारमा चार लाख खर्च हुने भएपनि आधा छुट गरेको अस्पतालको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ