काठमाडौं। रुसमा हुने विश्वकप फुटबलको दक्षिण अमेरिकी छनौट चरणमा ब्राजिलले अर्जेन्टिनालाई ३-० गोलले पराजित गर्दै अंक तालिकामा पहिलो स्थानमा उक्लेको छ। अर्जेन्टिना भने छैटौं स्थानमा रहँदै आफ्नो विश्वकप यात्रा कठिन पारेको छ।
ब्राजिलकालागि कोटिन्हो, नेयमार र पाउलिन्होले गोल गर्दै ब्राजिललाई सहज जित दिलाएका हुन्। स्टार खेलाडी लियोनल मेस्सी रहेको अर्जेन्टिनाले खेलमा खासै उल्लेख्य खेल देखाउन सकेको थिएन।
मेस्सी रहेको टोलीले ब्राजिललाई कुनै पनि समयमा दवाबमा राख्न सकेन भने ब्राजिलले अर्जेन्टिनाको रक्षात्मक पंकतिमा बारम्बार आक्रमण गरिरह्यो भने अर्जेन्टिनाको आक्रमणलाई ब्राजिलको रक्षात्मक पंक्तिले बिफल तुल्याएको थियो।
ब्राजिलका स्टार नेयमारले खेल अवधी भर पुरै दबदबा बनाएका थिए भने उनलाई कोटिन्हो र जिससले राम्रो साथ दिएका थिए।
ब्राजिल अंक तालिकामा पहिलो हुँदा बिश्वकप यात्रा सहज देखिन्छ भने अर्जेनटिनाको छैठौं स्थानले विश्वकपको यात्रामा आगामी खेलहरु महत्वपुर्ण हुन जानेछन्।
एघार खेलमा २४ अंकका साथ ब्राजिल पहिलो स्थानमा रहेको छ भने अर्जेन्टिना उती नै खेलबाट १६ अंकका साथ छैठौं स्थानमा रहेको छ। उरुग्वे दोस्रो तथा कोलम्बिया, ईक्वेडर र चिली क्रमश तेस्रो। चौथो र पाँचौं स्थानमा रहेका छन्।
खेलको २५औं मिनेटमा फिलिप कोटिन्होले दर्शनिय गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए भने ४५औं मिनेटमा नेयमारले गोल गर्दै खेलमा २-०को अग्रता दिलाएका थिए। त्यसैगरि ५९औं मिनेटमा पाउलिन्होले गोल गर्दै खेल ३-० बनाएका थिए।
अरजेन्टिनाको अबको खेल कोलम्बियासँग आउँदो बुधबार हुनेछ। उक्त खेलमा अर्जेन्टिनाले अंक गुमाउन हुने छैन् । यदी अंक गुमाएमा उसको विश्वकप यात्रा अझ बढी अफठ्यारोमा पर्नेछ।
अब हुने कोलम्बिया, चिली र उरुग्वे जस्ता बलिया टोलीसँगको नतिजाले अर्जेन्टिनाको विश्वकप यात्रा तय गर्ने निश्चित छ। कोलम्बिया, चिली र उरुग्वे दक्षिण अमेरिकी फुटबलमा बलिया टोलीका रुपमा मानिन्छन्। पेरु र ईक्वेडर पनि राम्रो फर्ममा रहेका टोली हुन्।
अंक तालिाक पहिलो चार स्थानाम रहेका टोलीले सिधै विश्वकप खेल्न पाउने छन् भने पाँचौं टोलीले अन्तरमहादेशिय प्लेअफ खेल्नु पर्नेछ। अर्जेन्टिनालाई कम्तिमा पाँचौं स्थानमा रहेने दवाब रहनेछ।
त्यस्तै दक्षिण अमेरिकी छनौटमा कोलम्बिया र चिलीले बराबरी गरेका छन् भने उरुग्वेले ईक्वेडरलाई २-१ गोलले पराजित गरेको छ। त्यसैगरि पेरुले पाराग्वेलाई ४-१ गोलको अन्तरले पराजित गरेको छ भने भेनेजुएलाले बोलिभियालाई ५-० गोलले हराएको छ।