नौ वर्षे बालिका करणी गर्ने ८६ वर्षे वृद्धलाई २५ वर्ष कैद
हाम्रा कुरा
प्रकाशित २०८० पुष १७ मंगलबार
838
Shares
दैलेख । नौ वर्षीया बालिकालाई बलात्कार गर्ने एक वृद्धलाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ। सोमबार न्यायाधीश बलराम लम्सालको इजलासले नारायण नगरपालिका–८ ढकानेका ८६ वर्षीय प्रजापति रेग्मीलाई २५ वर्ष कैद, सात लाख रुपैयाँ जरिबाना, ५० हजार पीडितलाई क्षतिपूर्ति र २८ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला सुनाएको हो।
दैलेख जिल्ला अदालत सूचना अधिकारी हरिप्रसाद उपाध्यायका अनुसार बालिकालाई बलात्कार गरेको आरोपमा रेग्मी २०७९ चैतमा पक्राउ परेका थिए।
उनले भने, ‘२०७९ साल चैतमा प्रहरीले प्रकाउ गरेको थियो। चैत २३ गते हस्पिटलबाट रिपोर्ट आउँदा बालिकालाई बलात्कार गरेको पुष्टि भएको थियो। त्यहीअनुसार रेग्मीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले २०८० वैशाख १४ गते दैलेख जिल्ला अदालतमा जबरजस्ती करणीसम्बन्धी अभियोग दर्ता गरेको थियो।