arrow

निर्माणको पर्खाइमा सात तले दरबार [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २१ शनिबार
sattale-darbar-nuwakot-2080.jpg

नुवाकोट । राष्ट्र निर्माता पृथ्वीनारायण शाहले ललितपुरबाट कालिगड झिकाइ बनाउन लगाएको नौ तले दरबार पछि विसं १९९० को महाभूकम्पले गर्दा भत्किएर सात तला भएको थियो । त्यसपछि यसको नाम सात तले दरबार रहन गयो । २०७२ सालको भूकम्पले सात तले दरबार भत्किएर खण्डहर बनायो । 

भूकम्प गएको केही महिनापछि नै नुवाकोट दरबार क्षेत्रको पुनःनिर्माणमा चीनले बनाउने सार्वजनिक भएको थियो । तर भूकम्प गएको नौ वर्ष भइसक्दा पनि नुवाकोट दरबार अझै टेकोको भरमा रहेको छ । 

नुवाकोटका प्रमुख पुरातात्विक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरुको पुनःनिर्माणले गति लिन नसक्दा अस्तित्व नै समाप्त हुने हो कि भन्ने भयले स्थानीय निकै चिन्तित छन् । 

वर्षौँदेखि घामपानीले यसको स्वरुप जीर्ण मात्र बनाएको छैन उचित रेखदेखको अभावमा खण्डहर बन्दै गएको छ । 

भूकम्पले नुवाकोट दरबार क्षेत्रको मुख्य आकर्षण मानिएको सात तले दरबारलाई चिराचिरा बनाएर चर्काएको छ भने रंगमहल, गारद घर, भैरवी मन्दिर, तुलजा भवानीको मन्दिर, नारायण मन्दिर लगायतका सम्पदाहरु भत्काएको थियो । 

नुवाकोट दरबार परिसरमा धार्मिक हिसाबले महत्वपूर्ण मानिने भैरवी र तलेजु मन्दिर छन् । मनोरम प्राकृतिक छटाहरुले भरिपूर्ण यो जिल्ला प्राचीन सम्पदाको पनि अवलोकन गर्न पाइन्छ । 

नुवाकोट दरबारबाट १० मिनेटको यात्रा पश्चात पुग्न सकिन्छ महामण्डाल क्षेत्र । ऐतिहासिक तथा धार्मिक हिसाबले मण्डला क्षेत्र पनि उत्तिकै महत्वपूर्ण छ । (नेपाल फोटो लाइब्रेरीबाट)
 

sattale-darbar-nuwakot-2080 (1).jpg
sattale-darbar-nuwakot-2080 (2).jpg
sattale-darbar-nuwakot-2080 (3).jpg
sattale-darbar-nuwakot-2080 (4).jpg
sattale-darbar-nuwakot-2080 (5).jpg
sattale-darbar-nuwakot-2080 (6).jpg
sattale-darbar-nuwakot-2080 (7).jpg
sattale-darbar-nuwakot-2080 (8).jpg
sattale-darbar-nuwakot-2080 (9).jpg
sattale-darbar-nuwakot-2080 (10).jpg
sattale-darbar-nuwakot-2080 (11).jpg
sattale-darbar-nuwakot-2080 (12).jpg
sattale-darbar-nuwakot-2080 (13).jpg
sattale-darbar-nuwakot-2080 (14).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ