काठमाडौँ । भारतकै दोस्रो ठुलो गाडि निर्माता कम्पनी अशोक लेलैण्ड “टोटल क्वालिटी म्यानेज्मेन्ट” का लागि पन्तनगर बहुप्रतिष्ठित डेमिङ्ग अवार्ड, २०१६ बाट सम्मानित भएको छ । अवार्डसँगै कम्पनी जापान बाहिरको कमर्शियल भेहिकल निर्माताहरुमा विश्वकै पहिलो कम्पनी भएको छ ।
सन् १९५१ मा स्थापना भएको डेमिङ्ग प्राइज “टोटल क्वालिटि म्यानेज्मेन्ट” को क्षेत्रमा प्रदान हुने सबैभन्दा पहिलो अवार्डहरु मध्ये एक हो । जुन संसारभरि नै निकै सम्मानित छ । यस अवार्ड अन्तर्गत विश्वभरका “टोटल क्वालिटी म्यानेज्मेन्ट” क्षेत्रमा सबैभन्दा उत्कृष्ट कार्य गर्ने कम्पनीहरुलाई वृहत् छनौट प्रक्रिया मार्फत गरिन्छ ।
अशोक लेलैण्डले जितेका कैयौं अवार्डहरु माध्ये सो सम्मानले अशोक लेलैण्ड परिवार निकै उत्साहित रहेको कम्पनीको जारी विज्ञाप्तिमा जनाइएको छ ।