arrow

राम मन्दिरमा एक करोडको सुनका खराउ दिने भक्त जो हैदराबादबाट हिँडेरै पुग्दैछन् 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २२ आइतबार
ayodhya-challa-2080-09-22.jpg

अयोध्या । भारतको अयोध्याको राम मन्दिरको प्राण प्रतिष्ठा २२ जनवरीमा हुँदैछ । यसअघि नै  त्यहाँ भक्तजनको भीड लाग्न थालेको छ । 

यी भक्तमध्ये एक हुन्, हैदराबादका ६४ वर्षीय छल्ला श्रीनिवास शास्त्री। छल्ला श्रीनिवास भगवान रामको लागि सुनको खराउ बोकेर पैदलै अयोध्या प्रस्थान गरेका छन् । 

उनले रामका लागि ल्याएको खराउको मूल्य करिब ६५ लाख भारतीय रुपैयाँ (एक करोड ४ लाख नेपाली रुपैयाँ) रहेको छ ।

शास्त्रीले भगवान् रामको ‘वनवास निर्वाशन’ चित्रण गर्दै पदयात्रा गर्दैछन् । उनले अयोध्या–रामेश्वरम रुट पछ्याइरहेका छन् । यसअघि उनले राम मन्दिरका लागि पाँच चाँदीको इँटा दान गरेका थिए । उनले २० जुलाइबाट पदयात्रा शुरु गरे र बाटोमा भगवान रामद्वारा स्थापित शिवलिङ्गमा पनि रोकिए ।

यात्राको क्रममा ओडिशाको पुरी, महाराष्ट्रको त्र्यम्बक र गुजरातको द्वारका जस्ता महत्वपूर्ण ठाउँहरू कभर गरेपछि शास्त्रीले आगामी १० दिनमा अयोध्या पुग्ने लक्ष्य राखेका छन् ।

यात्राको क्रममा उनले आफ्नो टाउकोमा पाँच धातुको खराउ बोकेका छन्, जुन उनी भगवान रामको मन्दिरसम्मको लागि बोकेर आउँदैछन् । यो खराउ पनि सुनले लेपिएको छ। अयोध्या पुगेर उनले यो खराउ उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई हस्तान्तरण गर्ने योजना बनाएका छन् ।

छल्ला श्रीनिवास शास्त्रीले भने, ‘मेरो बुबाले अयोध्यामा कार सेवामा भाग लिनुभएको थियो। उहाँ भगवान हनुमानका परम भक्त हुनुहुन्थ्यो। उहाँको चाहना थियो कि अयोध्यामा राम मन्दिर बनोस् । अब मेरो बुबा हुनुहुन्न । तर मैले उहाँको इच्छा पूरा गर्ने निर्णय गरे ।’

छल्ला श्रीनिवास शास्त्री केही कामका लागि बेलायत जानुपरेको थियो, जसका कारण उनले केही दिनको लागि आफ्नो यात्रा रोकिनुपर्‍यो तर भारत आएपछि उनले तमिलनाडुको त्यही ठाउँबाट यात्रा सुरु गरे जहाँ उनले छोडेका थिए । 

जनवरी ६ मा उनी अयोध्याबाट २७२ किलोमिटर टाढा उत्तर प्रदेशको चित्रकूट पुगेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ