arrow

राम मन्दिरको प्राण प्रतिष्ठाः दश वर्षे बालक ७७० किलोमिटरको यात्रा स्केटिङबाट 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २४ मंगलबार
himanshu-saini-ram-mandir-s.jpg

काठमाडौँ । भारतको अयोध्यास्थित राम मन्दिरको प्राण प्रतिष्ठाको समय नजिकिदै गर्दा धेरैको ध्यान त्यता केन्द्रित भएको छ । 

राम मन्दिरको प्राण प्रतिष्ठामा विभिन्न मानिसहरु विभिन्न कष्ट झेलेर जनवरी २२ को समयभित्र पुग्दैछन् । 

जसमा एक १० वर्षे स्केटर हिमांशु सैनी पनि रहेका छन् । उनले कोठपुतलीबाट ७७० किलोमिटरको यात्रा स्केटिङ गरेर तय गरिरहेका छन् । 

उनी ९ दिनमा स्केटिङ गरेरै राम मन्दिर पुग्ने अठोट लिएका छन् । उनलाई ठाउँठाउँमा स्वागतसमेत गरिएको छ ।

उनले आफूलाई श्रीरामबाट प्रेरणा मिलेकोसमेत प्रतिक्रिया दिएका छन् । 

उनले एक दिन युट्युब देखिरहेको र त्यसमा कयौँ मानिसहरु हिँडेरै लामो यात्रा तय गरिरहेको देखेपछि स्केटिङमा जाने फैसला गरेको बताए । 

हिमांशुका बाबु र दाइ पनि साथमै रहेका छन् । उनले जतिसुकै चिसो मौसम भए पनि यो सबै भगवान् श्रीरामको कृपा भएको बताएका छन् । 

तस्बिर– भास्करडटकमबाट ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ