साउदीमा एक नेपालीको ओछ्यानमै मृत्यु

प्रकाशित मिति : २०७२ मङ्सिर २८ सोमबार
साउदी अरब । रोजगारीको सिलसिलामा साउदी अरब आएका एक नेपालीको सुतेकै ठाउँमा मृत्यु भएको छ । इलाम जितपुर–६ बरडमाका २७ वर्षीय चित्रबहादुर मगरको हृदयघातका कारण शनिबार सुतेकै अवस्थामा मृत्यु भएको हो । मगर साउदीको रविकस्थित प्रोजेक्ट सिस्टम ग्रुपमा हेल्परका रुपमा कार्यरत थिए । ड्युटीबाट फर्केर राति खाना खाएर सुतेका मगर बिहान ओछ्यानमै मृत भेटिएको सोही कम्पनीमा कार्यरत मोहन बिएसकेले जानकारी दिनुभयो । 
 
मगर ३१ महिना अघि रोजगारीका लागि साउदी अरब आएका थिए । उनको शव रविकस्थित सेन्ट्रल अस्पतालको शव गृहमा राखिएको छ । मगरको मृत्युको विषयमा दूतावासलाई जानकारी गराइएको र उनको शव जतिसक्दो छिटो स्वदेश पठाउनका लागि कम्पनीमा पहल भइरहेको बिएसकेले बताउनुभयो । 

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ