हतकडीसहित रामबहादुर बमजनलाई सार्वजनिक गर्यो सीआईबीले
हाम्रा कुरा
प्रकाशित २०८० पुष २५ बुधबार
1k
Shares
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तपस्वी भनिने रामबहादुर बमजनलाई हत्कडीसहित सार्वजनिक गरेको छ ।
मंगलबार हात्तीगौँडाबाट मंगलबार बेलुकी पक्राउ गरेको सीआईबीले बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । उनीमाथि व्यक्ति बेपत्ता, बलात्कार ललगायतका आरोप छन् ।
बम्जनको साथबाट नेपाली रुपैयाँ ३ करोड ४ लाख, अमेरिकी डलर १७ लाख ९७ हजार १६४ रुपैयाँ, भारतीय रुपैयाँ १ लाख ७६ हजार र चिनियाँ युआन ५ लाखभन्दा बढी बरामद गरेको प्रहरीको भनाइ छ ।