arrow

विश्वकप छनोट फुटबलमा जर्मनीको गोलको वर्षा, इङल्याण्डको शान

logo
प्रकाशित २०७३ कार्तिक २७ शनिबार
germany.jpeg
सान मारिनो । युएफा विश्वकप छनोट फुटबलमा जर्मनीले शानदार जित हासिल गरेको छ । 
 
गोलको वर्षा गर्ने क्रममा जर्मनीले सान मारिनोलाई उसकै मैदानमा ८–० को फराकिलो जित हासिल गरेको हो । 
 
 
जर्मनीलाई जिताउने क्रममा सर्गे नाब्रीले पहिलो ह्याट्रिक गरे । 
 
It was a night to remember for Serge Gnabry as he scored a hat-trick on his Germany debut in an easy win in San Marino
त्यसैगरी जोनास हेक्टरले दुई तथा सामी खेदिरा र केभिन भोलान्डले एक एक गोल गरे भने सान मारिनोका माटिआ स्टेफनेलीले आत्मघाती गोल जोडिदिए ।
Sam Khedira gave Germany the lead after just six minutes as an easy night in San Marino began in convincing fashion
 
युएफा कपको समूह सी का अन्य खेलमा नर्दन आयरल्याण्डले अजरबैजानलाई ४–० ले तथा चेक गणतन्त्रले नर्वेलाई २–१ ले हरायो । 
 
 
Just two minutes later the German lead was doubled, this time with Werder Bremen midfielder Serge Gnabry
 
जितसंगै जर्मनी ६ टोली सहभागी समूहबाट १२ अंकसहित शीर्ष स्थानमा कायमै छ भने नर्दन आयरल्याण्ड ७ अंकसहित दोस्रो स्थानमा छ । 
 
त्यसैगरी समूह एफको खेलमा इङल्याण्डले स्कटल्याण्डलाई ३–० ले हराएको छ । इङल्याण्डलाई जिताउन डानियल स्टुरिज, एडम लालाना र गेरी काहिलले एक एक गोल गरे । 
 
Daniel Sturridge sticks his tongue out in celebration after putting England ahead against Scotland after 23 minutes 
 
यो समूहको अर्को खेलमा स्लोभाकियाले लिथुआनियालाई ४–० ले तथा स्लोभेनियाले माल्टालाई १–० ले हरायो । 
 
समूह ए को खेलमा फ्रान्सले स्वीडेनलाई २–१ ले हरायो । 
 
त्यसैगरी समूह इ को खेलमा डेनमार्कले काजखस्तानलाई ४–१ ले, पोल्याण्डले रोमानियालाई ३–० ले तथा अर्मेनियाले मोन्टेनेग्रोलाई ३–२ ले हरायो । 
 
अमेरिकी कोन्काकाफ समूहमा मेक्सिकोले अमेरिकालाई २–१ ले, कोस्टारिकाले ट्रिनिडाड एण्ड टोबागोलाई २–० ले तथा पानामाले होन्डुरसलाई १–० ले हरायो । 
 



नयाँ