arrow

बहत्तर वर्षे वृद्ध जबरजस्ती करणी आरोपमा पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २७ शुक्रबार
arrest1.jpg
तस्बिर – फाइल ।

झापा । ५२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१२ प्रगति टोल बस्ने ७२ वर्षीय धनबहादुर श्रेष्ठ छन्। उनलाई बिहीबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

श्रेष्ठले ती महिलालाई मंगलबार दिउँसो जबरजस्ती करणी गरेको उजुरी परेको थियो। प्रहरी चौकी चारआलीबाट खटिएको टोलीले उनलाई उनलाई पक्राउ गरेको उक्त कार्यालयले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ